जन आकाश
रामेछाप । रामेछापका कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो विमोचन भएको छ । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले कविता संग्रहको विमोचन गरेका हुन् ।
मैनबत्तीको आगो कविता संग्रह विमोचन गर्दै नगर प्रमुख थापा मगरले नगरपालिकाले कला,साहित्यमा रुचि भएकाहरुलाई केहि सहयोग चाहिएमा सहयोग गर्ने बिमोचन कार्यक्रममा बोल्ने क्रममा बताएका हुन् ।
कविता संग्रह मैनबत्तीको आगो विमोचन कार्यक्रममा रामेछापका स्रष्टाहरु डा सुमन कर्मचार्य, पेशल आचार्य, धन योन्जन, लाल बं तामाङ लगायत पत्रकार तथा साहित्य प्रेमीहरुको उपस्थिती रहेको थियो ।
कवि गाउलेको परिचय
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ घर भएका कवि गाउँलेकोे दोश्रो कविता संग्रह मैनबत्तीको आगो हो । विभिन्न विषयवस्तुहरुमा रहेर कविता मार्फत कृतिहरु यस अघि नै प्रकाशनमा आइसकेका छन् । फूलसँग हराउँदा भन्ने कविता संग्रह बजारमा आईसकेको छ ।
कविता लेखनकै माध्यमबाट चिनियका कवि गाउँलेले आफ्नो परिचय साहित्य क्षेत्रमा बनाएका छन् ।
उनको दुईसय भन्दा बढी फुटकर कविताहरु विभिन्न अनलाईन तथा पत्रपत्रिकाहरुमा प्रकाशित भईसकेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend