logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने


  • जन आकाश
  • सोमबार, भाद्र १४ २०७८

 



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच थापाले उम्मेद्धारी घोषणा गरेका हुन् ।

‘हामी १४ औं महाधिवेशनको प्रारम्भमा छौं,’ थापाले भने, ‘मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १ ४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’

नेपाली कांग्रेस पार्टीको महधिवेशनको बिषयमा यतिवेला निक्कै ठाउहरुहमा भिडन्त र प्रतिस्पर्धा एकले अर्कोलाई पछार्न उठाउन गेम चेन्जरहरुको समेत खेल भइरहेको पुराना कांग्रेस नेताहरुले बताउने गरेका छन् ।

हुनत नेपाली कांगे्रसको इतिहाँस नै भारतमा भएको हो । उसले नेपालमा राजनीति गरेको भएपनि उसका गतिविधि विदेशमा के भइरहेको छ र उनिहरुको योजना मुताविक काम हुने गरेको छ । त्यसका कांग्रेसभित्र रहेका देशभक्त हरुले असली देशभक्त खोजिरहेका छन् । त्यो भनेको नेपालको हितमा काम गर्ने नेतृत्व कांगे्रसले पाओस् उनिहरुको भनाई जोड त्यसमा जोडिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend