जन आकाश
सरकार गठन भएको डेढ महिना बितिसकेको छ । अहिलेसम्म सरकारले पुर्णता पाउन सकेको छैन । सरकारले सम्बन्धित निकायका मन्त्री र त्यस अन्र्तगतका संवैधानिक निकायहरु खाली रहँदा जनताले प्राप्त गर्नुपर्ने सेवाहरुमा ढिलाई हुन थालको छ । अस्थिर राजनैतिक अभ्यास, निश्चित राजनैतिक सिद्धान्तको अभाव, र बिभिन्न पाटीहरु मिलेर वर्तमान सरकार गठन भएको हुनाले मन्त्री मण्डल बिस्तारमा ढिलाई भइरहेको छ ।
मन्त्री नै नभएपछि मन्त्रालयहरु अन्तर्गतका कामहरुमा प्रतिकुल प्रभाव भइरहेको छ । त्यैमध्य परराष्ट्र मन्त्रालय अन्र्तगतका कामहरु बढी प्रभावित भइरहेका छन् । परराष्ट्र मन्त्रालय अन्र्तगत नै भएर बिदेश जाने र बिदेशवाट नेपल फर्कने नेपालीहरु धेरै छन् । बिदेशमा काम गर्न गएका नेपालीहरुवाट नेपालमा भित्रियको रेमिट्यान्सले नेपालको राजश्व बृद्धिमा टेवा पुगेको छ ।
यद्यपि रेमिट्यान्स, बिदेशी अनुदान र बिदेशी ऋण नेपालको दिगो बिकासको लागि हितकारी छैन ।
परराष्ट्र मन्त्रालय रिक्त हँुदा प्रतिकुल असरहरु देखिदै आएका छन् । मन्त्री भएको खण्डमा तत्काल कुनै निर्णय लिनुपर्दा मन्त्रालयको मन्त्रीले आफ्नो निश्चित अधिकार प्रयोग गरेर कतिपय बिषयमा काम गर्न पाउछन् ।
त्योभन्दा वाहेकका कतिपय मन्त्रीपरिषदमा लगेर कानुन, अध्यादेश, ऐन, नियम बनाएर पनि जनतालाई सेवा दिन सकिने हुन्छ । मन्त्री नै नभएपछि यस्ता आइपर्ने अप्ठ्याराहरुको सावधान गर्ने कुनै अर्को बिकल्प हुँदैन । नहुनु मामा भन्दा कानो मामा नै भएपनि जाति भनेझै नेपालका युवाहरु बिदेश गएर रेमिट्यान्स ल्याई नेपालको यस संकटकालीन र संक्रमणकालीन अवस्थामा राज्यलाई पु¥याएको योगदानलाई अवमुल्याङकन गर्न सकिदैन । बर्तमान सरकारले तत्कालै यस बिषयमा सोचेर परराष्ट्र मन्त्रीको नियुक्ति छिटोभन्दा छिटो गर्नुपर्ने देखिन्छ ।
अहिले परराष्ट्र मन्त्रालय मात्र होइन ४ मन्त्रालय वाहेक सवै मन्त्रालयहरु खाली रहेका छन् । यसको प्रत्यक्ष असर जनतामा प्रतिकुल असर पर्न थालिसकेको छ । त्यसैले नेपाल सरकारले समयमा नै मन्त्री मण्डल बिस्तार गरेर जनताले प्राप्त गर्नुपर्ने सेवाहरुलाई सूचारु गर्नु टड्कारो आवश्यता हो ।
पार्टीभन्दा देशको प्रतिष्ठा ठुलो हुन्छ । यस बिषयलाई गम्भिरताका साथ बोध गरेर चाडोभन्दा चाडो परराष्ट्र मन्त्री नियुक्त गर्नुप¥यो । र बिभिन्न देशहरुमा रिक्त रहेका कुटनीतिक नियोगहरुमा रिक्त रहेका पदहरु पुर्ति गदै नेपालको सवल कुटनीतिको उदारण दिन सक्नुपर्छ ।
१०० भन्दा धेरै राष्ट्रहरुसँग दौत्य सम्बन्ध बनाइसकेको नेपालले एउटा परराष्ट्र मन्त्री नियुक्त गर्न नसक्दा अन्तराष्ट्रिस्तरमा नेपालको सकरात्मक सन्देश जादैन । त्यसैले जतिसक्दो चाँडो परराष्ट्र जस्ता महत्वपुर्ण मन्त्रालयहरुमा मन्त्री नियुक्त गरेर जनतालाई दिनुपर्ने सेवा सुविधा समयमा प्रदान गर्दै र अन्तराष्ट्रिस्तरमा नेपालको प्रतिष्ठा उच्च राख्न आवश्यक छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend