जन आकाश
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रवादी)को दोश्रो राष्ट्रिय सम्मेलन यही भदौ ९ र १० गते काठमाडौंमा सम्पन्न भएको थाहा भएको छ । उक्त सम्मेलनले बिभिन्न समसामयिक राजनीतिक प्रस्तावहरु पारितगर्नुका साथै केन्द्रिय कार्य समितिको समेत चयन गरेको छ ।
जसअनुसार अध्यक्ष मीननाथ देवकोटा, उपाध्यक्ष भरत कुमाल, महासचिव डा. केशवराज देवकोटा र सदस्यहरुमा दमाई सार्कीथोक्रा, निर्मला वि.क, टेककुमारी प्याकुरेल, वसन्तकुमार कुमाल, धर्मानन्द भट्ट, केशरराम टमाटा, कैलाश भट्ट, तारा सुवेदी, ब्रबिम बस्नेत, लक्ष्मी कुमाल, शान्तादेवी अधिकारी, पूर्णबहादुर विश्वकर्मा र रामकेवल माझी हुनुहुन्छ । सचिव र कोषाध्यक्ष लगायतका केही पदाधिकारीहरुको कार्यविभाजन केन्द्रिय कार्य समितिको पहिलो बैठकबाट यसै साता गरिने निर्णय भएको उक्त पार्टीका महासचीव डा.केशवराज देवकोटा ले जानकारी दिनुभएको छ ।
नेकपा (राष्ट्रवादी) का तत्कालीन अध्यक्ष सरस्वती न्यौपानेको सभापतित्वमा भएको राष्ट्रिय सम्मेलनमा रसुुवा, नुवाकोट भक्तपु्र, काठमाडौं लतितपुर, झापा, कास्की, तनहुँ, सर्लाही,मोरङ, बाँके, चितवन, दार्चुला, मकवानपुर, पर्सा, धनुषा, खोटाङ, स्याङजा,बागलुङ, धादिङ, अर्घाखाँची र धनकुटा लगायतका जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यसैगरी सरस्वती न्यौपानेको अध्यक्षतामा बन्दसत्र संचालनका लागि डा. केशवराज देवकोटा र भरत कुमाल रहेको अध्यक्ष मण्डको चयन गरिएको थियो । त्यसैगरी राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक सरस्वती न्यौपानेले पार्टीको विधान र प्रतिवेदन सम्मेलनमा प्रस्तुत गर्नुहुदाँ परिमार्जनसहित पारित गरिएको थियो ।
त्यसैगरी डा. केशवराज देवकोटाको अध्यक्षतामा गठन भएको निर्वाचन समितिले नयाँ कार्य समितिको निर्वाचन गराएको थियो ।
सो समितिले निर्वाचन गराउँदा कार्य समिति निर्बिरोध निर्वाचित भएको थियो । कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्षलाई निर्वाचन समितिका अध्यक्ष र केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई नवनिर्वाचित अध्यक्षद्वारा सपथग्रहण गराइएको थियो । त्यसैगरि कार्यमक्रमको समापन पार्टीका नवनिवाचित अध्यक्ष मीननाथ देवकोटा र उद्घोषण महासचिव डा. केशवराज देवकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वअध्यक्ष सरस्वती न्यौपाने, लक्ष्मी कुमाल र भरत कुमाल लगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
नेकपा राष्ट्रवादीको नविकरणका लागि निर्वाचन आयोगमा पत्राचार भएको थाहा भएको छ । सो पार्टी राष्ट्रियताका सम्बन्धमा बिभिन्न पार्टिहरुसँग सम्पर्क गरी कार्यक्रम सञ्चालन गर्ने प्रयास गरिरहेको बताईएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend