जन आकाश
काठमाडौ । २०७८ भाद्र १६ गतेका दिन प्रभु बैंक लि. र काठमाण्डौ, मण्डिखाटार स्थित ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन ९न्ब्त्भ् ऋयििभनभ० का विच ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रभु बैंक लि. का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र न्ब्त्भ् ऋयििभनभ का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत खेम राजल काईले कलेजमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
प्रभु बैंक लि. र गेट कलेजका विच आज सम्पन्न सम्झौता बमोजिम होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम रु. ५,००,०००।– सम्मको शैक्षिक कर्जा सुविधाउपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।
शैक्षिक कर्जा सम्बन्धी यो सम्झौताले आर्थिक अभावले होटेल म्यानेजमेण्ट तथा पर्यटन जस्तो प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न कठिनाई झेलिरहेका देशका क्षमतावान एवं जेहेन्दार विद्यार्थीहरुलाई उक्त कलेजमा भर्ना भई उच्च शिक्षा हासिल गर्न आर्थिक रुपमा सहयोग पुग्नेछ ।
सम्झौता पश्चात् उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुले आर्थिक अभावमा उच्च शिक्षा हासिल गर्नबाट बन्चित हुनु पर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको सम्झौतामा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend