logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मुक्तिनाथ डिबेञ्चर (ऋणपत्र) २०८४÷८५ सूचिकृत


  • जन आकाश
  • शुक्रबार, भाद्र १८ २०७८

 



काठमाडौ । मुक्तिनाथ विकास बैंक लि. र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका बीच मिति २०७८÷५÷१७ का दिन ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर÷ऋणपत्र २०८४÷८५ को क्रम संख्या १ देखि १२,५०,००० सम्मको अंकित तथा चुक्ता मूल्य रु. १०००÷– कायम भएको कुल १२,५०,००० कित्ता थान ऋणपत्रको सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको बैकले जनाएको छ ।

बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लि.(धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्लाबिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको १२,५०,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको मिति २०७८÷५÷१५ गतेको निर्णयानुसार सूचिकरण भएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend