logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

तीज सम्बन्धि सुसेलीहरूः


  • जन आकाश
  • बिहिबार, भाद्र २४ २०७८

तीज सम्बन्धि सुसेलीहरूः



चन्द्र बदन
सम्बोधन ऐजन
मेरो नमन ।

दर चाहाना
आमा दिदीबहिनी
शुभकामना ।

नारी पर्व यो
तीज हरिताालिका
हाम्रो गर्व हो ।

तीज आको छ
बैनी भेट्न दाजुले÷ दिदी भेट्न भाइले
मौका पाको छ ।

नाच गम्कदै
दर खाऊ रमाऊ
आमा सम्झदै ।

स्वास फेर्दैछिन्
झ्याल खोली आमाले
बाटो हेर्दैछिन् ।

नातो बेरेर
आमा बुढी रुदैछिन्
बाटो हेरेर ।

बिन्ती गरेँ नी
आउ चेली तीजमा
जस्तै परे नी ।

गाऊ झुमेर
तीज आयो बरी लै
नाच घुमेर ।

हरि तालिका
पूजा गर शिवको
हाम्रा मालिक ।

जहाँ गए नी
नबिर्सनु माइती
प्यारी बहिनी ।

बेसी झरेर
आउँनु है माइत
खोली तरेर ।

सत्यवादी भै
आफ्नो धर्म संस्कृति
जोगाउनु है ।

यत्ति कहेँनी
सुखदुख बाँडौंला
दिदीबहिनी ।

दुर्गा अधिकारी भमरकोटे ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend