logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महिलाहरुलाई हौशला प्रदान गर्ने पर्व हो,कलाकार भण्डारी


  • जन आकाश
  • बिहिबार, भाद्र २४ २०७८

संगम भण्डारी
वरिष्ठ अभिनेत्री तथा निर्माता
तीज भनेको बिशेष गरेर पावतीले शिवजीलाई पतिको रुपमा पाउ भनेर वर्त बसेरे तपस्या गरेको र त्यही समयदेखि अहिलेसम्म चल्दै आएको पर्व हो ।



विवाह नगरेका युवतीले राम्रो श्रीमान पाउ र विवाह गरेका महिलाले चै आफ्नो श्रीमान र परिवारलाई राम्रोहोस् भनेर वर्त बसेर मनाउने पर्व हो । तीजमा महिलाहरु माईत जाने, दिदीबहिनी भाउजु , नन्द, बुहारीहरुसँग नाँच्ने रमाउने बर्तबस्ने दिनभरी भोक्कै बस्ने भोलिपल्ट पुजा गर्ने, दत्ततीउन लागउने चलनलाई तीज भनिन्छ ।

बिबिध कारणले अत्यन्तै ब्यस्त भएका र आफ्ना बुाबा आमा, दाजुभाइहरु, भाउजुबुहारी, नन्द आमाजु लगायतलाई भेट्न पाएका हुदैनन् । चेलीवेटीले यसै पर्वको अवसरमा बुवा आमालाई भेट्न पाउछन् । भने बुबा आमाले पनि आफ्नो छोरी आएको खुशीयालीमा मिठो चोखो बनाएर ख्याउने गर्दछन् । यस्ता राम्रा अवसर सृर्जना गर्ने गरेको तीजले नेपाली महिलाहरुलाई हौशला प्रदान गर्दछ । त्यसैले मेरो बुझाईमा तीज महिलाहरुलाई हौशला प्रदान गर्ने अवसर हो ।

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend