logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नायिका घिमेरेको बुझाईमा तीज


  • जन आकाश
  • बिहिबार, भाद्र २४ २०७८

सारिका घिमिरे नायिका तथा गायिका
तीज हाम्रो मौलिक पर्व हो । यो पर्व मनाउने हाम्रो आफ्नै तौर तरिका रहेका छन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गर्ने गरिन्छ ।



कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण दुई वर्षदेखि तीज पर्व मन्दिर र बाहिर गएर भन्दा पनि घर घरमै मनाइँदै छ । भगवान शिवको आराधनासँगै तीजको अर्को पक्ष भनेको गीत संगीत र नाचगान हो ।

मैले पनि विगतका वर्षहरूमा तीज गीत स्रोता÷दर्शकमाझ ल्याए पनि यो वर्ष भने ल्याएकी छैन । मेरो स्वरमा सन्देश मूलक तीज गीत ‘यतै घमाइलो उतै घमाइलो’, त्यसैगरी छम छम नाच्ने ‘तीजैमा ब्रत बसी’, ‘बजाउँदै चुरा’ जस्ता गीत आएका छन् ।

नेपाली नारीहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ ।

यसवर्षको तीज पनि हामी माझ आएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै हाम्रो महान् पर्व हरितालिका तीज मनाउन म सबैमा आग्रह गर्दछु ।

हाम्रो मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउऔ । यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन् ।

हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक छ । हाम्रो आफ्नै मौलिक महान् पर्व तीजको अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली संस्कृतिलाई मायागर्नुहुने सबैमा तीज पर्वको हार्दिक मंगलमय शुभकामना ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend