जन आकाश
नेपाली नारीहरुको महाँन चाँड हरितालिका तीज आज अर्थात भदौ २४ गते मनाईदै छ । यो पर्व सवै नेपाली नारीहरुको एकता, सदभाव र आत्मीयता बढाउने पर्व हो । यस पर्वमा कुनै जाति, धर्म बिशेषको भेदभाव हुदैन । यस पर्वलाई कतिपय समाजकै अगुवाहरुले हिन्दुहरुको पर्व भनेर लेखिएको बोलेको पाइएको छ ।
त्यसरी बोल्दा लेख्दा अन्य धर्म, मान्ने समुदायका नारीहरुले चिक्त दुखाउएका छन् । कुनै ब्याक्ति बिशेषले जे लेखे, भने पनि यो सवै नेपाली नारीहरुको पर्व हो । ब्यवहारिकतामा सवै नेपाली नरीहरु मिलेर हरितालिका तीज मनाइरहेका छन् ।
त्यसैले भनाईको पछि नलागि नेपाली नारीहरुले बिगतमा जस्तै सवै नारीहरुको एकता, सदभाव , धार्मिक सहिष्णुता सहितको पर्वको रुपमा तीजलाई मनाउनु पर्छ । तीजको अवसरमा नारी अधिकारका कुराहरु पनि प्रष्फुटन हुनेहुदा तीजलाई नारी एकताको रुपमा समेत मनाउन सकिन्छ ।
नेपालमा हुने गरेका पर्वहरु जस्तो कुनै पनि देशमा छैनन् ।
नेपाल देश धार्मिक, सांस्कृतिक विविधता भएको हुनाले वहुआयमिक, धार्मिक, सांस्कृति सम्पदाको धनि देश भएको हो । यीनै मौलिक परम्पराहरुलाई संक्षण गरिराख्नु नेपालीहरुको कर्तव्य हो ।
तीज पर्व नारीहरुको भएपनि पुरुषहरुले यसको महत्वलाई बुझेर अरु वेला व्याक्त गर्न नसकेका आफ्ना नारीहरुले तीजको बेला व्याक्त गरेका गीत, अभिव्याक्तिलाई सकरात्मक रुपमा लिएर नारीहरुको भावनाको कदर गर्नुपर्छ । यसले आफ्नो घर परिवारमा सकरात्मक विकास हुन्छ । त्यसको अलवा देशको सस्कृतिको महत्व पनि बढ्छ यस्तो काम सवै पुरुषहरुले गर्नुपर्छ ।
नेपालका नारीहरुको पर्व तीज देशमा मात्र नभएर बिदेशमा समेत प्रगाढ हुदै गएको छ । बिभिन्न देशमा पुगेका गैर आवशिय नेपालीहरुले आफ्नो मौलिक संस्कृतिलाई उनिहरु बस्ने देशहरुमा समेत उजागर गरेका छन् ।
यसले पनि नेपाली संस्कृतिको महत्व बढाएको छ । बिदेशमा रहेका नेपालीहरुले तीज पर्व नारीहरुको अधिकारको लागि महान चाड भएको र यसको बिशेषता त्यँहा भएका नारीहरुले थाहा पाएपछि नेपाल देशको सस्कृति धेरै समय अगडि देखि नारीहरु प्रति उद्धार भएको उनिहरुले महसुस भएको भन्ने गरेका छन् । र त्यहाका बिदेशीहरुले समेत नेपाली नारीहरुसँग तीजको रमाइलो गर्ने गरेको देखिन्छ ।
यसरी देशमा मात्र नभएर बिदेशमा समेत प्रगाढ बन्दै गएको तीजको महत्वलाई सम्पुर्ण नेपालीहरुको सदभावको रुपमा मनाऔं ।
समाजमा देखासेखी गरेर होइन गच्छे अनुसारको खर्च, मौलिकतामा आधारित रहेर तीज पर्वलाई मनाउदा नेपाली नारीहरुले वास्तमा नारी अधिकार प्रयोग गर्न सक्छन् । नारीहरुको अधिकार, मौलिक सस्कृति भएको पराम्परालाई यसरी आत्मसाथ गरेर तीज मनाउने नारीहरुको भलो हुन्छ भन्ने बिश्वास गर्न सकिन्छ । त्यैले सवै नारीहरुले तीजलाई सदभावको रुपमा मनाऔं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend