जन आकाश
भक्तपुर । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण ९एएभ्०, १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको छ ।
उक्त स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेश सेट १ थमन बहादुर खत्रीले भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. सुमित्रा गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।
विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहनु भएका भक्तपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुको होस् भन्ने हेतुले सहयोग गरेको थमन खत्रीले बताउनु भएको हो ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend