जन आकाश
हामी हिन्दु धर्मलम्बिहरुले मनाउने जुनसुकै चाडपर्वहरु आफ्नै खालका विशेषता हुन्छन । हरितालिका तिज भन्ने बितिक्कै हामी महिलाहरुको विशेष मान्ने गरिन्छ । परम्परा काल देखि नै मान्दै आएको यो चाड केही समय यतादेखी फरक ढंगले मान्न थालिएको छ । दरखाने एक दिने कार्यक्रमलाई एक दुई महिना अघिदेखि विभिन्न तडकभडक गरेर मनाउन थालिएको छ । चाड मनाउने भन्दा पनि बडि गहना र फेसनलाई विशेष जोड दिदै आएको देखिन्छ ।
हाम्रो समजमा एउटै बर्ग र स्तरका दिदिबहिनी नभएको कारण हुनेलाइ भन्दा नहुनेलाइ धेरै अप्ठ्यारो अवस्था सृजना गरेको छ ।
रहर , इच्छा सबैमा हुन्छ तर बाध्यता आफ्नो ठाउमा हुन्छ । दिनभर ज्यालादारी गरेर घरसमेत धान्न मुस्किल पर्ने दिदिबहिनीहरुलाइ । यो अवस्थाले घरमा द्वन्द उत्पन्न हुन्छ तेस्ले नराम्रो नतिजा ल्याउछ । मान्नु नराम्रो कुरा होइन मान्दै आएको चाड तर देखासेखिमा होइन सबैलाई मिल्ने खालको चाड चाड्कै रूपमा मान्न पाइयोस ।
सबै खालका दिदिबहिनी एकै ठाउमा बसेर आफ्नो मन भित्र गुम्सिएर रहेका क्षमतालाई खुलेर साटासाट गरेर रमाइलो गर्दै मनाउने बाताबरण मिलाउन सके अझ धेरै राम्रो हुन्थ्यो । गर गहना देखाउने होडबाजी भन्दा सबैको भावनमा साट्न सक्ने वातावरण मिलोस । विभिन्न पार्टी प्यालेसमा गएर महिनौ अगाडि मनाउनु भन्दा एक दुइदिन अगाडि आफनै घर गाउँमा सबैसँग मिलेर मनाउने र सबै खालका दिदिबहिनीहरुलाइ समेट्ने किसिमले मनाउने बनोस । भोलिका सन्ततिले पनि गर्वकासाथ यो हाम्रो संस्कृतिलाई जोगाउने वातावरण मिलोस जस्तो लाग्छ ।
पहिलेको समयमा हामी दिदिबहिनीले बिबाह गरेर गएपछि धेरै दुख कष्ट भोग्नुपरेकोले बर्षमा एकदिन भएपनि माइतीघरमा आएर मीठो मसिनो जे हुन्छ आमाको हातले बनाएको दर सबै दिदीबहिनी भेला भएर दुख सुख साट्दै आत्मीयताको सम्बन्धलाई दरिलो पारेर दरखाने चलनलाई आज धेरै नै तडकभडक गरेर मनाउन थालिएको छ ।
यस्तो प्रविधिले भोलिका सन्ततिलाई नराम्रो सन्देश जानसक्ने सम्भावना बडि जाने होकि ? जुन घरमा एकाअर्काको भावनालाई बुझेर दुखसुखमा साथमा साथ भएर घर चल्छ भने त्यो घर स्वर्ग बन्छ । बिना कारण अकालमा ज्यान कसैले गुमाउनु पर्दैन । पानी पनि नखाइ आयु वृद्धिको लागि व्रत त बस्छौ तर श्रीमानले श्रीमतीलाई , श्रीमतीले श्रीमानलाई बुझ्न सकिएन भने त्यो ब्रतको कुनै औचित्य रहदैन । तेसैले हामी मानव भएर हेरौ र सोचौ एकले अर्कोलाई बुझौ ।
कसैलाई अप्ठ्यारो नपर्ने गरि हाम्रो यो संस्कृतिलाई जोगाउन सम्पूर्ण नारी एक भएर जुटौ । बाहिरी श्रृङ्गारलाई भन्दा बढी भित्री श्रृङ्गारलाई जोड दिउ ।
लीला माया ढकाल गौतम (LMDG )
धापासी ६
शब्द संसार परिवार
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend