जन आकाश
तीज पर्व हिन्दु नारीहरुको परम्परागत सस्कार युक्त चाड हो।गीतको माध्यमबाट चेलीका दुख र सुख ब्यक्त गरिन्छ , भने पित्रृ सतात्मक सस्कृतिको उपज भन्दा पनि अतिसयोक्ति हुदैन, किनकी नारीले आफ्नो पतिको चिरआयूको कामना सहितको पूजा गर्ने पाऊँको जल खाने यश पर्वको प्रचलन रहेको छ । त्यस कारण यश पर्वलाई नारीहरु दासत्व उन्मुक्तिको पर्वको रुपमा पनि लिएको पाईन्छ। जस्तैः
“पानी पनि नखाएर व्रत बस्ने निलार
पतिदेवको सवार हुन्छ,रक्सि पिएर“
आफ्ना पारिवारिक पीडा, अन्याय अत्याचारलाई गीतको माध्यम बनाएर सामुहिक रुपमा प्रष्फुटन र एक अर्कोमा दुख पोख्ने प्रचलन पनि गाउँ घरमा विध्दमान रहेको छ ।
“पिन्जडाको चरि बरु गाली नखाई बस्दछ ।
सधैं मेरो आँखाबाट आँसु बग्दछ“
“यो तीजमा पाए सम्म माईती घर गइन्छ।
दुख पीडा बिसाएर हल्का भईन्छ।“
यसरी नै मन बिसाउने चलन छ भने,
अर्को तर्फ विकृति पनि छ ।
आजकाल शहर बजारमा सस्कृतिको विरुद्ध तीज पर्व मनाएको पाईन्छ। पश्चिमा सस्कृतियुक्त गीतहरुका साथमा महिला पुरुष मिलेर नाच्ने चलन पनि छ।
सबल पक्षः
सस्कृतिको जगेर्ना महिलाहरु बिच आपसी सहयोग, सदभाव, सहकार्य र एक्यवद्धता कायम गर्न यस पर्वले ठुलो योगदान पुर्याएको छ।।
“प्रकृतिले सजिएको हाम्रो देश नेपाल
शुन्दर शान्त वुद्व भुमि छ नि विशाल““
शान्ता पोख्रेल
“शब्द संसार“
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend