जन आकाश
तीज नेपालीहरुको मौलिक संस्कार हो ।
स्वानिका बास्तोला
कलाकार
तीज नेपाली नारीहरुको मौलिक पर्व हो । यो पर्व देखासेखी गर्ने पर्व होइन । यो पराम्परागत पर्वलाई जोगाई राख्नु हाम्रो कर्तव्य हो । तीजलाई नेपाली मौलिक सस्कृति अनुसार मनाउनु पर्छ । पछिल्ला समयमा भडकिलो तरिकाले बिदेशी सस्कृति झल्किने गरी तीजलाई मनाउन थालिएको देखिन्छ ।
त्यसैले त्यस्ता कार्य नगरी नेपाली परम्परालाई सही ढंगवाट परिचालन गरी तीज मनाउनु पर्छ । तीजमा बिभिन्न रोग लागेर नियमित औषधी सेवन गरिराखेका दिदीबहिनीहरुले निराहार बर्त बस्नु हुदैन । आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र बर्त बस्ने गर्नुहुन पनि अनुरोध गर्दछु ।
तीजमा जर्बजस्त ब्रर्त बस्नै पर्छ भनेर काही भनिएको छैन । आफ्नो इच्क्षा अनुसार खुशी भएर मनाउने पर्व हो । त्यसैले सवैले हासी खुशी गच्छे अनुसार तीज मनाउनु राम्रो हो । म पनि त्यसरी नै मनाउदै छु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend