जन आकाश
दुःख पीडा बिर्साउने पर्व तीजः कविता श्रेष्ठ गायिका
नेपाली नारीहरुको बर्षभरीको दुखः पीडा बिर्सिएर खुशी मनाउने चाड हो तीज ।
बिशेष गरी बिवाहित नारी दिदीबहिनीहरु आफ्नो माइत गई बालापनको याद गरी र बिगत सम्झेर रम्ने चाडको रुपमा मनाउने गरिन्छ ।
त्यस्तै मैले पनि यस तीजलाई सदभाव, एकता, र पारस्परिक मेलमिलाप गरी मनाइने नेपालको मौलिक संस्कृति हो भनेर बुझेको छ ु ।
यस तीजमा नेपाली दीदीबहिनीहरुले एक आपसमा पारस्परिक सम्बन्ध र उन्नति गर्न हात्तेमालो गर्ने विश्वास राखेको छु ।
म सधै नेपाली हुनुमा गर्व गर्छु र नेपाली सस्कृतिलाई पनि उत्तिक्कै माया गर्ने गरेको छु । त्यस्तै सवै दिदी बहिनीहरुले देशलाई र आफ्नो मौलिक सस्कृतिलाई जोगाइराख्न भुमिका खेल्नु हुन्छ भन्ने विश्वास लिएको छु ।
अन्तमाः तीज नेपाली नारीहरुको महान् चाड हो । यस चाडलाई देखासेखीभन्दा पनि संस्कार, सुसंस्कृत, सभ्य, आपासी मेलमिलाप र सहयोगी भावना राखेर नेपाली एकतालाई जोड्ने चाडको रुपमा मनाउ भनि सवै मेरा सुभचिन्तक, दर्शक, स्रोता सबैमा २०७८ सालको हरितालिका तीजको शुभकामना समेत ब्यक्त गर्दछु ।
साथै मेरा भावनालाई तथा नेपाली नारीहरुको महत्पूर्ण चाड तीजलाई समेटेर आमनागरिकमा तीज विशेष बनाउन सहयोग गरेकोमा यस लोकप्रिय जन आकाश साप्ताहिकलाई धन्यवाद तथा आउँदा दिनमा झनै प्रगति होस भन्ने शुभकामना व्यक्त गर्दछु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend