logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामना सेवा बैंकद्वारा ट्राफिक बत्ती हस्तान्तरण


  • जन आकाश
  • शनिबार, भाद्र २६ २०७८

 



काठमाडौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वर चोकमा निर्माण गरेको “ट्राफिक बत्ती” आज एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको समुपस्थितिमा उक्त ट्राफिक बत्ती हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज÷राष्ट्र निर्माणमा योगदान पुर्याउने महत्वपूर्ण अवसर प्रदान गरेकोमा धन्यवाद दिंदै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले ट्राफिक बत्तीअनुशासन र सभ्यता सिकाउने महत्वपूर्ण साधन भएकोले बैंकले जनसरोकारकोयस क्षेत्रमा अमूल्य योगदान गरी निकै सराहनीय कार्य गरेकोमा बैंक परिवारप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो भने वडा नंं. ३० का वडाअध्यक्ष दल बहादुर कार्कीले बैंकले ट्राफिक बत्ती मात्र नभएर यस वडामा न्यून आय भएका परिवारका बालबालिकाहरुलाई न्यानो लुगा तथा शैक्षिक सामाग्री वितरण, सरसफाई, वित्तीय साक्षरता अभियान सञ्चालन जस्ता अनुकरणीय कार्यहरु गरेकोमा आफू तथा सम्पूर्ण वडाबासीहरुको तर्फबाट विशेष धन्यवाद दिनु भएको थियो ।

ज्ञानेश्वरको मुख्य चोकमा राखिएको ट्राफिक बत्तीबाट स्थानीय नागरिक, सवारी साधन तथा पैदल यात्रुले लाभ लिन सक्ने बैंकले विश्वास लिएको बताउदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend