जन आकाश
काठमाडौ । लुम्बिनी विद्युत उद्योग प्रा.लिले नयाँ संरचनाको विकास गरी क्वालिटिमा नम्बर १ लिट्मस केवल ब्राण्डमा हमाल दम्पतीलाई नियुक्त गरेको छ । लुम्बिनी केवल प्रा.लि. विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको हो । हालै कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्नको लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको नियुक्त गरेको छ ।
२ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रबर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हने कम्पनीले जनाएको छ ।
लुम्बिनी विद्युत उद्योग प्रा.लि,सन् १९७७ मा स्थापित नेपालको पहिलो Aluminium Conductor Steel Reinforced (ACSR कन्डक्टर निर्माण कम्पनीहो ।
कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । चार दशकदेखि कम्पनीले विभिन्नप्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको कम्पनीले जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको कम्पनीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
“कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई क्वलिटिमा नम्बर १ रहनको लागि हालै बमखबलअभ जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको” कुरा कमपनीक अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले बताएका छन् ।
“ब्राण्ड एम्बेसडरमा हामीलाई नियुक्त हुन अगाडी हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अबलोकन एवं जानकारी हासिल ग¥यौं । वास्तवमै यस्तो advancehd जर्मनप्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं ।” राजेश हमालले भनेका हुन् ।
अत्याधुनिक जर्मन प्रविधिको प्रयोग गरी कम्पनीले ओभरहेड कन्डक्टर ACSR/ABC कभर्ड कन्डक्टर्स÷पावर केबल÷कन्ट्रोल्स केबल÷मल्टिकोर फिक्जेबल केबल÷डोमेस्टिक हाउस वाइरिङ्गँ FRLS/Concentric/Flexible/Enamelled Winding हरुको उत्पादनगर्दै आएको छ । कम्पनीका केबलहरुको प्रयोगले विद्युत बिललाई समेत घटाउने दावी कम्पनीले लिँदै आएको छ ।
लुम्बिनी विद्युत उद्योग लि नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहदैं आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend