logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘Century Remit Premium Account’


  • जन आकाश
  • सोमबार, भाद्र २८ २०७८

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नयाँ बचत खातॉ ऋभलतगचथ ‘Century Remit Premium Accountशुरु गरेको छ । रु.१,०००÷– न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५०% को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ ।



खातामाअन्य बचत भन्दा १% बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गरिएको बैकले जारी गरेको पछिल्लो बिज्ञप्तिमा उल्लेख छ ।

उक्त खातामा लकर सेवा, ATM र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ । रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्तगर्न इच्छुक ग्राहकहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनैपनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खातॉ ‘Century Remit Premium Account खोल्ने सुबिधा लिन सक्नेछन् । खाता खोल्नको लागि कुनैपनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउन पर्ने नियम रहेको छ ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अन्यजानकारीकालागि बैकको वेबसाइट www.centurybank.com.np तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend