जन आकाश
काठमाडौ । मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्नो बाह्रौं, तेह्रौं चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया ,योगिकुटि, मणिग्राम, र भैरहवाको एकपटक कारोबार शुभारम्भ गरेको छ ।
मञ्जुश्री फाईनान्स लिमिटेड को सञ्चालक समितिका अध्यक्ष र सञ्चालक समिति सदस्यहरुल ेशाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको मञ्जु श्री फाईनान्सको अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज, धरान, पोखरा र विरगञ्ज मा ११ वटा शाखा रहेका थिए भने थप ४ सहित शाखा संख्या १५ पुगेको फाइनान्सले जनाएको छ ।
२०७८ साल अषाढ मसान्त सम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजीएवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१अर्व निक्षेप संकलन गरि रु ७.९५अर्व कर्जा परिचालन गरेको छ ।
यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ब्त्ः सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको फाइनान्सको दावी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend