जन आकाश
काठमाडौ । मुक्तिनाथ विकास बैंकले बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी” लागि रु ५०,००० रकम मिडिया इन्टरनेसनल प्रा. लि लाई सहयोग गरेको छ ।
यसै गरी कास्कीको मालपोत कार्यालयमा आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयहरुमा आरामदायी कुर्र्सीहरुको अभाव भएको हँुदा बैंकले ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्यालय—कास्कीलाई हस्तानतरण गरेको छ ।
यसका साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पुराउनका निमित्त रेश्ट फाउन्डेसन अन्तरगत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुका लागि चाहिने किताबको दराजको निमार्ण गर्न रु ४०,००० सहयोग गरेको छ ।
यसै गरी, बैंकले भैसेपाटी स्थित प्रगती युवा कल्बद्धारा आयोजन भएको रक्तदान कार्यक्रमका लागिपनि आर्थिक सहयोग गरेको छ । उत्त कार्यक्रमले विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भएपनि सहयोग हुने अपेक्षा बैंकले गरेको छ ।
यस का साथै बैंकले आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकास बरालको मृगौला प्रत्यारोपनका लागि रु ५०,००० सहयोग गरेको छ । बैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend