जन आकाश
काठमाडौ । मञ्जुश्री फाईनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचोक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको छ ।
मञ्जुश्री फाईनान्स लिमिटेड को सञ्चालक समितिका अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुल ेशाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको फाईनान्सले यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम र भैरहवा मा १५ वटा शाखा रहेका थिए भने अव थप ३ सहित शाखा कार्यालय संख्या १८ पुगेको छ ।
२०७८ साल अषाढ मसान्त सम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१ अर्व निक्षेप संकलन गरि रु ७.९५अर्व कर्जा परिचालन गरेको छ ।
यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको फाईनान्सले बताएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend