logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल बैंकको रिकरिङ खाता सञ्चालनमा, मुद्दती बराबर ब्याज दिने


  • जन आकाश
  • बुधबार, भाद्र ३० २०७८

काठमाडौं । नेपाल बैंकले रिकरिङ डिपोजिट नामक नयाँ खाता सञ्चालनमा ल्याएको छ । यसमा मुद्दती खाता बराबर ८।०५ प्रतिशत ब्याजदर दिने बैंकले जानएको छ ।



 

यस खातामा निक्षेप जम्मा गर्दा समान मासिक किस्ता, बचत अविधि कम्तीमा ६ महिना र बढीमा १० वर्षको राखिएको छ । साथै चाहिएको बेला कर्जा सुविधा पनि दिने भएको छ ।

अग्रिम भुक्तानी ‘प्रिमच्युअर’ सुविधा राखिएको बैंकले जनाएको छ । नेपाल बैंकले हाल बचतमा ४.५५ र मुद्दतीमा ८.०५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।

८४ औं वार्षिकउत्सवको अवसर पारेर २०७८ कात्तिक मसान्तसम्मका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा कार्ड, डिम्याट, मेरो सेयर र सिआस्वा लगायतका डिजिटल प्रोडक्टहरू निः शुल्क रूपमा दिँदै आएको छ ।

नेपालको पहिलो बैकलाई पहिलोस्तरको बैकको सेवा दिनलाई लागि परेको बैकका सिनियर म्यानेजर अर्जुन बहादुर कडेलले बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend