logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिटुमिन तथा ब्यारेल उधोगको सधारणसभा सम्पन्न


  • जन आकाश
  • बुधबार, भाद्र ३० २०७८

 



 

काठमाडौ । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लि.को ३०, ३१ र ३२ औ वार्षिक साधारणसभा यहि ३ भदौ ३० गते सम्पन्न भएको उधोगले जनाएको छ ।

उक्त साधारणसभा उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालय, कृष्णगल्ली, पुल्चोक, ललितपुरमा सम्पन्न भएको हो ।

सधारणसभा जुम मार्फत सम्पन्न गरेको उधोगले जानकारी दिएको हो । सभामा शेयरधनीहरूले लागेका जिज्ञासा भर्चुअल जुममार्फत नै राखेका थिए। उक्त जिज्ञासाको प्रश्नको उत्तर प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले आ.व. २०७४÷०७५, २०७५÷०७६ र २०७६÷०७७ मा लकडाउन तथा निशेधाज्ञा लगायतका कारणले गर्दा भौतिक निर्माणका कार्यहरू हुन नसकिरहेको असहज परिस्थिति सृजना भएकोले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको अवस्थामा पनि कम्पनीले बजारमा न्यून गुणस्तरका बिटुमिनसंग प्रतिस्पर्धा गरी केही मुनाफा आर्जन गर्न सकेको ब्यहोरा सभालाई जानकारी गराएका थिए ।

साथै सडक निर्माणका लागि आधारभूत वस्तु बिटुमिन तथा बिटुमिन इमल्सन उत्पादन गर्ने यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आपूm तथा सञ्चालक समिति लागिपरेको बताएका थिए ।

त्यसैगरी अन्य प्रदेशहरूमा डिलर नियुक्त गरी बिटुमिनको बजार बिस्तार गरिने ब्यहोरा सभालाई जानकारी गराएका थिए । शेयरधनीहरूको तर्पmबाट अमृतनाथ रेग्मीका साथै डमरू बल्लभ घिमिरेले आ–आफ्नो मन्तब्य राखी कोभिड–१९ का कारण देशमा लकडाउन तथा निशेधाज्ञा जस्ता असहज परिस्थिति पैदा हुँदा समेत केही मुनाफा कमाउन सक्षम भएको तथा कम्पनीलाई अझ प्रभावकारी बनाई नयाँ सोचअनुसार कम्पनी अगाडी बढाउन सञ्चालक समितिमा नयाँ सञ्चालकलाई सहभागि गराउने साथै कम्पनीको काममा लगनशिल भई कार्य गर्ने सम्पूर्ण कर्मचारी, कामदार तथा व्यवस्थापन समूहलाई धन्यवाद ज्ञापन गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend