logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको आज प्रज्ञा भवनमा प्रशिक्षण


  • जन आकाश
  • बिहिबार, भाद्र ३१ २०७८

काठमाडौ । नेकपा(एमाले) जिल्ला कमिटीको आयोजनामा आज ३१ दिउसो १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दै छ ।



नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु, महानगर तथा नगर कमिटीका सदस्यहरु, नेकपा एमालेका जनप्रतिनिधिहरु, वडा कमिटीका अध्यक्ष तथा सचिवहरु र जन संगठनका केन्द्र ,प्रदेस ,जिल्ला र नगरका प्रमुखहरुको सहभागितामा हुने उक्त बृहत भेलामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष अस्टलक्ष्मी शाक्य , नेता राम बहादुर थापा र केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठ, कृष्ण राई लगायत नेतााहरु उपस्थित हुने एमाले पार्टी जिल्ला कमिटीले उल्लेख गरेको छ ।

नेकपा (एमाले) वाट माधव समुह बिभाजन रोजेर नकपा(सजाजवादी) नयाँ पार्टी खोलेपछि नेकपा एमाले पार्टीका काठमाडौमा भएका कार्यकर्ताहरु पनि केही समाजवादीमा लागेका छन् । त्यसकारण यो नयाँ भेलाले नयाँ नेतृत्वलाई जिम्मेवारी दिने तयारी भईरहेको समेत हामीलाई एमाले पार्टी स्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend