जन आकाश
काठमाडौ । मुक्तिनाथ विकास बैंकले मिति २०७८÷०६÷०१ गते देखी लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ ।
बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर दिने भएको छ ।
साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्नेगरी ब्याजदर प्रकाशित गरेको छ ।
३ महिना अवधीको लागि वाणिज्य तथा विकास बैंकहरुले २०७८ असोज महिनाको लागि हाल सम्म प्रकाशित गरेको ब्याजदर मध्यमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च दिन लागेको बैकाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
मिति २०७८÷०५÷३० गते सूचना अधिकारी तिल बहादुर गुरुङद्धारा जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend