जन आकाश
काठमाडौ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उहाँका परिवारजनहरुका लागि कामना सेवा विकास बैंकले नयाँ NRN खाता सञ्चालनमा ल्याएको छ ।
७ प्रतिशत को उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ्गको सुविधा रहेको छ ।
विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैकिङ प्रणाली बाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नुहुनेछ । साथै यस खाता मार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पाउनेछन् । खाता अनलाईन माध्यम बाट पनि खोल्न सकिने छ ।
काठमाडौं (३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारित शाखा लगायत ०६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । कामना बैंकले Social Media Banking, KS iMobile जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
ुप्रगतिको आधार, कामना सेवा सँग कारोबार भन्ने मुल नारानै बैकको रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend