logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मञ्जुश्री फाईनान्सको एकैपटक ३ शाखा उदघाटन


  • जन आकाश
  • शनिबार, असोज २ २०७८

मोहन कार्की ।
काठमाडौ । मञ्जुश्री फाईनान्स लिमिटेडले सुनसरी जिल्लाको ईनरुवा, झुम्कावजार, र मोरङ्ग जिल्लाको विराटचोक शाखाको कारोबार शुरु गरेको छ ।



मञ्जुश्री फाईनान्स लिमिटेड को सञ्चालक समितिका अध्यक्ष र सञ्चालक समिति सदस्यहरु ले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको मञ्जु श्री फाईनान्सको योभन्दा अगाडि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगिकुटि, मणिग्राम , भैरहवा, गैडाकोट, भरतपुर र पर्सा वजारमा गरी १८ वटा शाखा रहेका सञ्चालनमा छन् थप ३ शाखा थपेपछि २१ शाखा कार्यालय पुगेको फाइनान्सले जनाएको जनाएको छ ।

२०७८ साल अषाढ मसान्त सम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको मञ्जु श्रीले रु ८.९१ अर्व निक्षेप संकलन गरि रु ७.९५ अर्व कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ब्त्ः सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend