जन आकाश
स्याङ्जा । नेपाली कांग्रेसका युवा नेता एवं बरिष्ठ पत्रकार इन्द्रबहादुर रिजालले नेपाली कांग्रेस भित्र हावी हुँदै गएको डन र धनबहादुरलाई जरैबाट समाप्त गर्नका लागि महाधिवेशन प्रतिनिधिमा प्रतिष्पर्धा गर्न लागेको बताएका छन् ।
स्याङ्जा जिल्लाको क्षेत्र नं.१ बाट उम्मेदवार घोषणा गरेका रिजाल स्याङ्जा समाज नेपालका संस्थापक अध्यक्ष हुन् भने उनी हाल नेपालबहस डटकमका सम्पादक हुन् ।
पत्रकारितामा निर्भिक र निडरताका साथ कलम चलाउदै आएका रिजालको उम्मेदवारीलाई बौद्धीक जगतले सकरात्मक लिएको छ ।
पछिल्लो समय नेपाली कांग्रेस भित्र मौलाएको विकृती र विसंगतीका विरुद्ध बुलन्द आवाज उठाउन रिजालको उपस्थिति अनिवार्य भएको स्याङ्जाली बुद्धीजिवी बताउँछन् ।
पत्रकारिताको २९ वर्षे यात्रामा रिजालले प्राय सबै लेख रचना सिद्धान्तबाट बाहिरीन लागेको कांग्रेसलाई सजग बनाउन लेख्ने गरेका छन् ।
जननायक वीपी कोइरालाले भने जस्तै आदर्श र सिद्धान्त बोक्ने कार्यकतालाई सुकिला लुगा लगाउने र चिल्ला कार चढ्नेले विस्थापित गर्न लागेको महाधिवेशन प्रतिनिधिका उम्मेदवार इन्द्र रिजालले जन आकाश मिडियासँग कुरा गदै बताएका छन् ।
विधि र पद्धतीलाई आफ्नो मुल मन्त्र मान्ने रिजाल २०४५ सालदेखि अनवरत कांग्रेसमा सकृय नेता हुन् । २०४६ सालको आन्दोलनमा जनज्योती माविको नेविसंघ इकाई सभापति रहेका रिजाल २०४८ देखि २०५० सम्म पोखरा बहुमुखी क्याम्पसको नेविसंघ सभापति रहेका थिए ।
२०५१ देखि २०५५ सम्म नेविसंघ स्याङ्जाको अध्यक्ष रहेका रिजाल शंकरदेव क्याम्पसमा समेत इकाई सभापति बनेर संगठन निर्माणमा अहम भूमिका निर्वाह गरेका थिए ।
अमेरिकाको फ्लोरिडस्थित इन्टरनेशनल एकेडेमी अफ सोसियल साइन्सेजबाट मानार्थ विधावारिधी (पीएचडी) को उपाधी पाएका रिजाल विभिन्न संघ संस्थामा आबद्ध रहेर सामाजिक कार्य गर्दै आएका छन् ।
रिजालको उम्मेद्धारीले काँग्रेसभित्र डन र धनको दम्भ देखाएर फुर्ति लगाएनेहरुलाई निद हराम गराईदिएको छ । डन र धनको बर्चश्व भएको नेपाली काँग्रेसभित्र उहालाई कुन रुपमा हेर्छन । त्यो हेर्न बाँकी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend