logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

संविधान जारी भएको ६ बर्षमा नदेखिएको खुशी


  • जन आकाश
  • मंगलबार, असोज ५ २०७८

नेपालमा संविधान बनाउन परिवर्तन गर्न पटक पटक आन्दोलन हुने गरेका छन् । ति आन्दोलनमा देश परिवर्तन गर्ने भनेर राजनीतिक पार्टीहरुले भन्दै आएका छन् । ति आन्दोलनमा थुप्रै नेपाली आमाका सोजासाजा छोराछोरीहरुले जीवन पनि अप्रेका छन् । त्यो आन्दोलनमा सोजासाजा नागरिकले वलिदान दिएर सत्ता परिवर्तन, सरकार परिवर्तन गराएका छन् ।



सत्ता र सरकार परिवर्तन गराए पनि अनुहार, पात्रा पनि उही पटक पटक आलो पालोमा आइराख्ने देखिराखेकै पार्टीका नेताहरुको बोलावाला भइरहेको छ । जतिवटा सरकार परिवर्तन हुन्छन् र जतिपटक संविधान नै परिवर्तन गर्छन् त्यति नै पटक पटके नेताहरुलाई फाइदा पुगेको देखिन्छ ।

तर देशका जनताको जीवनस्तर परिवर्तन भएको छैन । सामाजिक परिवर्तन पनि भएको छैन । परिवर्तन भएको छ भने त्यो परिवर्तन राजनीतिक पार्टी खोलेर त्यो पार्टीको प्रमुख व्याक्ति र त्यसका वरिपरि घुम्ने मानिसहरुमा चै परिवर्तन आएको छ । उनिहरुका छोराछोरी बिदेश पढ्न जान पाएका छन् । कोही बेलायतको कोटामा कोही अमेरिकाको कोटामा कोही चाइनाको कोटामा कोही अन्य देशमा पार्टीको सिफारिसमा आफन्त बिदेश पठाउने लर्को लगाउने काम राजनीतिक पार्टीहरुकै अगुवाइमा यस्ता काम भइनै रहेका छन् ।

त्यसकारण संविधान फेरेर सरकार फेरेर सत्ता परिवर्तन गरेर मात्र बिकास हुदो रहेनछ । जनताले सुखः पाउदा रहेनछन् । स्थाइत्व पनि हुदो रहेनछ । भन्ने पछिल्लो गणतन्त्र सहितको संविधान जारी गरेको ६ बर्षले त्यही देखाएको छ ।

यतिवेला सर्वसाधरण जनताहरु खुशी भएको देखिदैन । बरु सरकारको वरिपरि घुमेर फाइदा उठाउने बिचौलिया, तस्कर, माफिया, र नेपालको भविष्यलाई अन्धकारतिर धकेल्ने तत्वहरु खुशी भएकै होलान् । जसले बिना मेहनत अस्वभाविक रकम प्रप्त गर्छन् र कुनै महगीले उनिहरुलाई पीडाहुने महसुस गराउदैन ।

तर सर्वसाधरण जसले आफ्नो मेहनतको पसिना बगाएर चकिलो जीवन र स्वाभिमानी बन्न चाहान्छ उनिहरुलाई सधै महगी, अभाव, तनावले सताइरहेको देख्न सकिन्छ । यो अवस्था त्यो हिजोको मात्र नभएर झण्डै सताब्दीकै निरन्तरताको रुपमा रहेको छ । प्रत्येक वर्ष महगी बढ्दो छ । कहिलेकाही छिन भरमै बजार भाउ बढ्ने गरेको छ । यसरी दैनिक काम गरेर जीवन यापन गर्ने सर्वसाधरणहरुको लागि त्यो छिनभरमै बढ्ने महगीले अत्यास लगाउने गरेको छ । त्यसकारण संविधान जारी भएको ६ बर्षसम्म पनि जनताहरुमा खुशी फर्किएको छैन । भलै नेपाली माटोमा नेपालीले नेपालीलाई मारेर रगतको टाटो चै एक दशक भयो देख्नु परेको छैन । यो चै राम्रो नै मान्नु पर्छ ।

केही आशिंक राम्रो पक्ष भएपनि स्थानीय, प्रदेश, संघको तीनतिरको कर झन्झटले ससाना व्यवसाय गरिरहेका मानिसहरुलाई उल्टै बिभिन्न खालका झन्झट सृर्नना गरेर दुखी बनाउने काम यहि व्यवस्थाले गरेको छ ।

नेपालमा द्धान्द्धको लामो श्रृखलाले सास फेरे पनि महा भुकम्प, भारतीय नाकाबन्दी, कोभिडको हल्ला, सरकार परिवर्तनको तछाड मछाड र बिदेशी चलखेल सधै नेपाली नागरिकहरुका लागि अवरोधको रुपमा आइनै राखेको छ । सामान्य मानिसहरुको जीवन यापनमा समस्या पर्न थालिसकेको छ । तर महगी नियन्त्रणमा छैन ।

ति महलमा बस्ने नेता र उसका वरिवरि घुम्नेहरुलाई त्यसको असर परेको पनि छैन । तर सर्वसाधरणको लागि मर्नु र बाच्नुको अवस्थामा अभाव, महगीले, तनाव उत्पन्न गराएको छ ।

कोभिडको हल्ला पछि प्रशस्त पैशा कमाएका र नेटको प्रयोग गरी काम गर्न सक्ने जतिको लागि सहज भएको छ । तर गरिखाने भौतिक रुपमा फिल्डमा खट्ने मानिसहरुको जीवन काहाली लाग्दो बन्दै गएको देखिन्छ ।

कोभिडको नाममा हल्ला फिजाउदै सरकार बिदेशी संघ÷सस्थाको निर्देशन पालनामा लागेको छ । जनताहरु रोजगार विहिन बनेर बस्नु परेको छ । जनताको यस्तो दयनीय अवस्थामा केही सरकारका मातहतका मानिस जम्मा भएर गरेको संविधान दिवसले नेपालीहरुको व्यवहारमा खासै खुशी ल्याएको देखिदैन ।

जनता नै खुशी पार्न नसक्ने व्यवस्थालाई व्यवहारमा नै फेर्न आवश्यक पो भएको होकी ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend