जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ द्वारा नव निर्वाचित आइक्यान पार्सदहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पुर्ब अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पुर्व अध्यक्ष, नेपाल अडिटर एसोसियसनका अध्यक्ष, लेखामान बोर्डका अध्यक्ष, लेखापरीक्षक बोर्डका अध्यक्ष, पार्सद, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका कार्यसमिति सदस्य, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्य, नेपाल अडिटर एसोसियसन सदस्य लगायत चार्टर्ड एकाउन्टेन्टेस् क्षेत्र सम्बद्ध व्याक्तिहरुको उपस्थीतिमा ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नव निर्वाचित पार्सदहरुलाई तथा संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपतिबाट विभुषण प्राप्त गर्नुहुने संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मान पत्र तथा खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थीत सम्पूर्णलाई स्वागत गर्दै संघका अध्यक्षले क्ष्ऋब्ल्, ब्ऋब्ल्, ब्ग्म्ब्ल्, ब्क्द्य र ब्ग्क्द्य सबै संस्थाहरुको प्रत्यक्ष–परोक्ष उद्देश्य लेखा व्यवसायको प्रर्वद्धन, सम्र्बधन र विकास रहेकोले एक अर्काका परिपूरक तथा साझेदारको रुपमा कार्य गर्नु पर्ने बताउनु भएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नब निर्वाचित अध्यक्ष युद्धराज ओलिले चार्टर्ड एकाउन्टेन्ट्स बिचको सहकार्यले समग्र पेशाको स्थायित्व कायम गर्न सहयोग गर्ने विचार प्रकट गर्नुभयो । कार्यक्रममा नेपाल अडिटर यसोसियसनका अध्यक्ष मोहन राज रेग्मी, लेखामान बोर्डका अध्यक्ष महेश खनाल, लेखा परिक्षक बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठले विचार राख्नु भएको थियो ।
कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवा श्री पदक द्धारा विभुषित हुनु भएका नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ तथा संस्थाका पुर्ब अध्यक्ष नारायण बजाज (हाल देश बाहिर रहनु भएको), नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका आजिवन सदस्य तथा राष्ट्रिय सहकारी बंैकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईंलाई सम्मान गरीएको थियो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका महासचिव तेज प्रसाद सूवेदीले गर्नुभएको थियो, भने उपस्थीत सबैलाई धन्यवाद ज्ञापन गर्दै संघका उपाधक्ष्य रमेश कुमार धितालले कार्यक्रमको समापन गर्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend