logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिरहामा दानी र पञ्चलाल कराते प्रतियोगिता हुने


  • जन आकाश
  • बिहिबार, असोज ७ २०७८

 



काठमाडौ । प्रदेश नं.२ः सिरहा कराँते प्रशिक्षण केन्द्रको आयोजनमा शहिद दानी थापा र पञ्चलाल थापाको ११ औं स्मृतिमा तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ ।

यही असोज १५ र १६ गते दुई दिन सिरहाको तेतरीया जम्दह स्थित सरस्वती मा.विको प्रागनमा प्रतियोगिता संचालन हुने गोलबजार प्रशिक्षण केन्द्रका प्रशिक्षक कसम लामाले बताउनु भयो । दुई दिनसम्म चल्ने प्रतियोगितामा कुल ८४ पदकको लागि दश टिमको २०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

जसमा स्वर्ण २१, रजत २१ र कास्य ४२ हुनेछ । प्रतियोगितामा टिम प्रथम, द्दितीय र तृतीय हुनेलाई नगद पुरुस्कार पनि पाउने छन् ।
उक्त प्रतियोगितामा पुरुष र महिला उत्कृष्ट खेलाडीले जनाही दश हजार नगद पुरुषकार पाउने छन । त्यसैगरी उदयमान पुरुष र महिला खेलाडीले समान सात हजार नगद पुरुस्कार पाउने छन् । तीन दिन सहभागि खेलाडी, प्रशिक्षक तथा अफिसियल सबैलाई खाजा ,खाना र बस्ने व्यावस्थो समेत आयोजकले मिलाएको प्रशिक्षक लामाले बताउनु भयो ।

खेलको काता विधा तर्फ पुरुष एकल काता र महिला एकल काता हुनेछ । त्यस्तै फाईट विधा तर्फ पुरुष तौल समुह २५ के.जी ३०के.जी ३५ के.जी ४० के.जी ४५ के.जी ५० के.जी ५५ के.जी ६० के.जी –६७ के.जी र +७५ के.जी हुनेछ ।

त्यसैगरि महिला तौल समुह तर्फ ३० के.जी ३५के.जी ४० के.जी ४५ के.जी ५० के.जी ५५ के.जी –६१ के.जी –६८ के.जी र +६८ के.जी हुनेछ ।
दुई दिन सम्म चल्ने प्रतियोगिता विश्व कराँते महासंघ, एसियन कराँते महासंघ र नेपाल कराँते महासंको नियम अनुसार खेल खेलाईने आयोजक तथा गोलबजार प्रशिक्षण केन्द्रका प्रशिक्ष कसम लामाले बताउनु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend