logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कामना सेवाको “के.एस डिजी” डिजिटल वालेट सेवा सञ्चालनमा


  • जन आकाश
  • शुक्रबार, असोज ८ २०७८

मोहन कार्की ।



काठमाडौ । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको दावी गरेको छ ।

उक्त सेवाको प्रयोग गरी बैंकमा खाता नभएका महानुभावहरुले पनि घरमै बसी झन्झटरहित तवरले केहि कागजातहरु Upload u/L “KS Digi” Wallet गरी खोल्न सक्नेछन् भनि उल्लेख गरेको छ ।

उक्त योजना बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले वालेट सेवाको सुभारम्भ गर्नुभएको हो । यस डिजिटल वालेट खोल्न एपमा Face Recognition   गर्न सक्ने Artificial Intelligence (AI) को प्रयोग भएको छ । साथै, Account Opening, Loan Application, Inter Operable QR, mCash लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको बैकले जनाउदै आएको छ ।

साथै बैकंले आपूmलाई Digital Banking सेवाहरुमा अब्वल बैंकको रुपमा स्थापित गर्ने उदेश्य रहेको पछिल्ला सार्वजानिक प्रेस नोटहरुमा देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend