logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दशैको समयमा यातायात क्षेत्रलाई व्यवस्थित गराऔं 


  • जन आकाश
  • मंगलबार, असोज १२ २०७८

सम्पादकीय
नेपालीहरुको महान पर्व बिजया दशमी–तिहार र छठको यो समयमा अन्य समयभन्दा मानिसहरु एकठाउँवाट अर्को ठाउँ जाने चाप अत्याधिक बढेको हुन्छ । यस समयमा हर्ष खुशीले मानिसहरु रमाइरहेका हुन्छन् । धेरै जति व्यवसायीहरुले यस्तो हर्षको राष्ट्रिय चाडमा मानिसहरुको कल्याण नै चिताएका हुन्छन् र यातायात क्षेत्रमा यात्रुलाई खुशी बनाएर यात्रा गराउने चालक सह चालकहरुको व्यवहार हुदै आएको देखिन्छ । यो उनिहरुको कर्तव्य पनि हो ।



तर केही केही यातायात क्षेत्रमा रहेका गलत मनोबृति बोकेका व्यवसायीहरुले कालो बजारी गरेर गलत काम गरेका कारण बेला बेलामा यातायात क्षेत्र नै बदनामित हुनेगरी हल्ला बजारमा आउने गर्छन् । यस बर्षपनि सदाझै त्यसै नहोला भन्न सकिदैन । त्यसैले समयमा नै सम्वन्धित निकायहरुले अग्रीम तयारी गरेर सर्वसाधरण यात्रुहरुको सुरक्षा यातायातमा सहज यात्रा, सुलभ मुल्यमा आवज जावत गर्न पाउन भन्नका लागि कुनै पनि कसर बाँकी नराखी काम गर्नुपर्ने देखिन्छ ।

जसमा सरोकार निकाय र आम नागरिक बीचको अन्तर सम्बन्ध कसरी विकास गर्ने सम्भावित क्षेत्रमा विगतमा बल्याक मेलिङ अर्थात टिकटको कालो बजारी गर्ने गिरोहको पहिचान गरेर त्यस्ता गिरोहका व्याक्तिहरुको निगरानी बढाउने र त्यस्ता आमशिक अपराधिक घटनाहरु सकेसम्म घट्न नदिने र घटिहालेमा तत्कालै कसरी त्यस्ता घटना घटाउने अपराधिक गिरोहसँग पुग्ने र ति अपराधिहरुलाई नियन्त्रणमा लिएर यातायात क्षेत्रलाई व्यवस्थित गर्ने काम गरेर देखाउनु पर्छ । त्यो काम सुरक्षा निकायको हो ।

यसमा सुरक्षा निकाय मात्र सक्रीय भएर पुग्दैन उत्तिक्कै आम नागरिक पनि सचेत हुनुपर्छ म काहा जादैछु । कुन समयमा जाने हो । जादा घरवाट वा कोठावाट हिड्दा समयमा निस्कने र नआत्तिकन सोच विचार गरेर यातायात चढ्ने ठाउँसम्म पुग्ने कुनै शंकस्पद व्याक्ति समूह कतै देखिएमा सचेत हुने र प्रहरी प्रशासनलाइ समयमा नै खवर गरेर घटना हुनवाट जोगिने यसरी चाडवाडलाई सवै मिलेर व्यवस्थित बनाउन सवैले सवै क्षेत्रवाट एक अर्कामा परामर्श गरेर मनाउन सकिन्छ ।

बिशेष गरेर यातायात क्षेत्रमा हुने चापलाई नेपालका रुटहरुमा नयाँ गाडीहरुलाई इजाजत दिएर यस बर्ष अझै व्यवस्थित गराउन लागेको छ । उक्त अवसरमा अनलाईनवाट समेत सजिलै आफ्नो गन्तव्य पुग्न लाग्ने भाडाको समेत निर्धारण मुल्य सरकारले नै तोकिदिएको छ ।

यस्ता सामान्य भन्दा सामान्य कुराहरु पुराना पुस्ता जसका बुबा आमाले जान्दैनन् उनिहरुका छोराछोरीले स्कुल, कलेज पढेर हाशिल गरेको शिक्षालाई यस्ता व्यवहारिक जीवनमा पनि लागु गरेर सभ्य समाज निर्माणमा भुमिका निर्वाह गर्नसक्ने अवसरहरु हुन् ।

यस्ता कार्याहरु अहिलेका युवापुस्ताले बुबा आमाले नजानेका कुराहरुलाई झिझार नमानि सहयोग गरेर समाज प्रतिको जिम्मेवारी हुनुको साथै समाज व्यवस्थित गर्ने कुरामा अहम भूमिका खेल्नुपर्छ ।

यसरी सवै क्षेत्रवाट समाजलाई व्यवस्थित गर्न प्र¥यास ग¥यौ भने यो बर्षको उल्लासमय बिजया दशमी लगायत महत्वपुर्ण पर्वलाई व्यवस्थित गर्न सकिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend