logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सवैको सल्लाह मलाई स्वीकार्य छः महासचीव


  • जन आकाश
  • मंगलबार, असोज १२ २०७८

सुनिल रिजालः
महासचिव
नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल
स्वागत छ ।
धन्यवाद ।
तपाई नाडाको महासचीवको हैसियतवाट आधिकारिक धारणा के छ भन्दिनुस् न ?
विगतमा नाडाका अध्यक्ष महासचिवहले गरिमा राख्नु भएको छ यो संस्थाका, त्यसैगरी बिधि र कार्यमा म पनि गरिमालाई कायम राख्दै यसलाई बढाउने काममा हामी पनि लागेका छौ ।
बिधि बिधानमा हामी लाग्नुपर्छ नयाँ कार्यसमिति भन्दा पनि बिधि विधानमा रहेर कार्यलयमा रहेका कर्मचारीहरुले नै यसलाई चलाउनु पर्छ भनेर कर्मचारी र संस्थाको विकासको लागि हामीले आइएसओ ९००२÷९०१५ पनि लिएका छौ । त्यही अन्र्तगत रहेर हामीले काम गरेका छौ ।
तपाई एक व्यवसायी हुनुहुन्छ यता नाडालाई समय दिन कसरी भ्याइराख्नु भएको छ ?
मुख्य कुरा इच्छा शक्ति हो । इच्छा शक्ति भयो भने व्यवसायलाई अलिकति नोक्सान पु¥याएर भएपनि संस्थालाई सहयोग पु¥याउनु पर्ने हुन्छ । लागिसकेपछि नलागुनजेलसम्म लाग्नु नै भएन लागिसकेपछि आफ्नो व्यवसायलाई हन्डे«ड प्रसेन्ट दिन्छु भनेर सम्भव छैन । केही त्याग गरेर यतापर्टी लाग्नुपर्ने हुन्छ । यसरी नै टाइम मेनेज गरेको छु मैले ।



तपाई दुई कार्यकाल कोषाध्यक्ष भइसक्नु भएको छ । हाल महासची हुनुहुन्छ । आउँदो अधिवेशनमा केही सोच्नु भएको छ ?
सोच त बनेकै छ । अध्यक्ष ज्यूको आज्ञाले पहिलो कुरा महासचीवको नाताले मैले निष्पक्ष निर्वाचन गराउन भुमिका खेल्नैपर्छ । सँगसँगै म आफु पनि उम्मेद्धार भएको हुनाले कतै विवाद नपरिकन मैले भोट माग्नु पर्ने स्थिति छ र तपाईहरुकै प्लेटफमवाट पनि भोट माग्न चाहाँन्छु ।
फेरी महासचिवमा दोहो¥याउनु हुन्छ की अलिमाथि वा माथि नै के छ ?
मैले दुइ कार्यकाल महसचिव खाइसकेको छु । हाम्रो बिधानले एउटै पोष्टमा पदाधिकारीमा दुई कार्याकाल भन्दा बढी बस्न नपाउने नियम छ र निर्वाचन हुदा सेकेन्ड निर्वाचन हुने भाको कारणले यो भन्दा माथि उठ्ने बिचार छ ।
त्यो वेलामा सदस्य ज्यूहरुले जिताएको खण्डमा म भूमिका निर्वाह गर्न सक्छु ।

तपाई स्पेयर पार्टस्को उपसभापति पनि हुनुहुन्छ स्पायर पाट्सको के छ अवस्था ?
स्पेयर पार्टस्को उपसमितिको उपसभापति छु म अध्यक्ष भन्दा पनि हामी यसलाई सभापति भन्छौ । अहिले लुब्रिकेट, स्पेयर पार्टस्हरुको अन्तराष्ट्रिय रुपमा मुल्य असाध्यै बढेको छ । कच्चा पदार्थको मुल्य बढ्नु र लेवरको प्रोवलमले गर्दा स्पेयरको सामान बढ्नुले गाडीहरुको पनि मुल्य बढ्न गएको छ ।

कोभिडको कारणले त्यो भएको हो । त्यो विश्व बजारमा नै भएको छ । नेपालमा पनि स्पेयर पार्टस्को मुल्य बृद्धि भएको छ । अवस्था यहि हो ।

स्पेयर पार्टस्को स्वदेशमा नै उधोग खोल्न कतिको सम्भव छ ?
लुब्रकेट चै नेपालमा राम्रो पोजिशनमा पुगिसकेको छ । उत्पादन भएको छ । स्पेयर पार्टस् चै एउटा गडीमा १८००० वटा स्पेयर पार्टस् लाग्छ । एउटै चिज उत्पादन गर्न खोज्दा त्यो ठुलो भोलुम हुन सक्दैन । सानसाना उद्योेग खोल्न पर्ने हुन्छ । लुब्रिकेटको चै सम्भव किन भयो भने त्यसले भोलुम दिन्छ । त्यसले गर्दा सम्भव पनि भएको छ नेपालमा लुब्रिकेट मार्केटस्हरु तर स्पेयर पार्टस्मा चै सानसाना उधोग खोल्नलाई ठाउँको अभाव भएको कारणले हामीले सकेका छैनौ ।

अव आउँदो दिनको माग चै के हो भने स्पेयर पार्टस्को उधोग पनि खोल्न सकिन्छ । प्रत्येक औद्योगिक क्षेत्र बनिरहेका छन् । त्यसमा कमसेकम थटि प्रसेन्ट ठाउँ अटोमोवाइल्स क्षेत्रलाई दिइयोस र छुट्याइयोस् भनेर हामीले माग गरेका छौ । खासै स्पेयर पार्टस् त्यति खुल्न सकेको छैन नेपालमा तर लुब्रिकेट वाहेक मेन त ठाउँको नै समस्या हो ।

अहिले पुरानो भको औधोगिक क्षेत्रमा पनि लिन जानुभो भने सरकारको ठाउँपनि किन्न ३ करोड ४ करोड तिर्न पर्छ सरकारको ठाउँलाई लिजमा लिन त्यो पनि बिचौलियावाट लिनको लागि ३÷४ करोड तिर्न पर्छ भनेपछि एउटा उधोग खोल्नलाई हामीले जग्गामा नै लगानी गर्नृुप¥यो भने त्यो सामान हामीले यँहा उत्पादन गर्दा १०० रुपैया प¥यो भने भारतवाट त्यही सामान ८० रुपैयामा पाइन्छ भने हामी प्रतिस्पर्धा गर्न सक्दैनौ ।

त्यसकारण हामीलाई सर्भसुलभ तरिकाले स्थानीय निकायमा सानासाना उधोग प्रदेशवाइजमा ठुला ठुला उद्योग खोलेको खण्डमा अटो स्पेयर पार्टस पनि खुल्ने सम्भावना प्रसस्त छ र एसेम्वल उद्योगहरु खुलेका छन् टु हुइलर बाइकहरुका ति बाइकहरुलाइ पार्टस त चाहिन्छ ति बाइकहरुलाई भारतवाट नल्याई याही उद्योग खोलेर पनि पुर्ति गर्न सकिन्छ ।त्यो सरकारले जमिन उपलब्ध गराएको खण्डमा । त्यही भएर हामीले माग गर्ने कुरा चै क्वालिटीको रोड बन्न प¥यो धेरै रोड बन्न प¥यो भन्ने नै हो । रोडको सहज भयो भने टान्र्सपोटेशन खर्च कम पर्छ । नेपाल टान्सपोटेशन खर्च धेरै हुने देश मध्यमा पर्छ । करिव करिव टुवान्टी र्थी कस्ट पर्न आउदो रहेछ नेपालमा भारत र चाइनाको हिसावले गर्दाखेरी अटोमोवाईल्स पार्टका भाडा लागत हुन्छ नी भाडा लागतको खर्च धेरै छ ।
कस्टम प्रडक्टमा चै लागत बढ्ने कन्जुमरलाई धेरै नै मर्का पर्ने हिसाव छ र त्यो समाधान रोड नै हो ।

अन्तमा के भन्न चाहानुहुन्छ ?
हामी भन्सार, कर कार्यालय सम्बन्धित निकायसँग अन्र्तर सम्वादमा नै छौ । फेयर टे«ड कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिरहेको हुन्छौ । हामीले हाम्रो व्यवसायीलाई पनि तालिम दिइरहेका हुन्छौ । सो तालिम मार्फत नाडाले फेयर टे«ड गर्नेहरुलाई प्रोत्साहन गरिरहेको छ र राजश्वमा सहि तरिकाले व्यवसाय गर्न आग्रह पनि गरिरहेको छ । सरकारले पनि हाम्रो कुराहरु सुन्दै गएको अवस्थाहरु पनि छ । सरकार निजी क्षेत्रमैत्री हँुदै पनि गएको छ । हामीले धेरै वटा छलफलमा भाग पनि लिएका छौ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend