जन आकाश
काठमाडौ । नेपालीहरुको आउदैं गरेको चाडपर्वहरु दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डू लिमिटेडको क्रेडिट कार्ड बाहक ग्राहाकहरुलाई शुन्य प्रतिशत ब्याजदरको सुबिधामा सामसुङ कम्पनीको स्मार्ट फोन, टेवलेट सरल किस्तावन्दी पाउने गरी सम्झौता गरेको छ ।
बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि. सँग सम्झौता गरी ग्राहाकलाई सेवा दिन लागेको बेकले प्रेस बक्तव्य पठाएर जानकारी दिएको हो
नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि.काठमाण्डौंमा ६ स्थान सहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक शोरुमहरु रहेका छन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा दिदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend