जन आकाश
काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुणा श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता गरिएसँगै नेपालीहरुको महान चाड दसैं र तिहारलाई लक्षित गरि दसैं क्याम्पियन पनि सुरु भएको छ । दसैं क्याम्पियन ११ असोज देखि २० कार्तिक सम्म लागु हुनेछ । क्याम्पियन अन्तर्गत नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको आइएमई पे ले जानकारी दिएको छ ।
उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार तथा सहकार्य व्यवस्थापक प्रमुख गुणा श्रेष्ठले नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिव्युटरको कुनै पनि ग्याजेट आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताउनु भयो । नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले दसैँ लक्षित यो स्कीमले आम सेवाग्राहीहरूलाई लाभ प्राप्त हुने विश्वास व्यक्त गर्दै स्कीम सफल बनाउन सवैलाई सफलता मिलोस् भनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
एक महिनाको स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पे मार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले] IIFE Zed Air hs14 Laptop जित्न सक्नेछन् भने कुनैपनिLogitech, rapoo, rico, ideakard, senheiser खरिदमा आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको अफर रहेको छ । साथै इलभ एगिक एजयलभ खरिद गर्दा Hifuture Earbuds Tidybus सित्तैमा पाउन सक्ने आइएमई पेले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend