जन आकाश
काठमाडौ । कुमारी बैंकलि. र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्स प्रा.लि.बीच व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटक Swipe and Fly Campaign को शुरुवात गरेका छन् ।
यती एअरलाइन्सको स्काई क्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लव Co-brand कार्ड जारी गरिने भएको छ ।
उक्त जानकारी दिन कुमारी बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र यति एअर लाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालको संयुक्ते उपस्थितिमा उक्त जानकारी गराइएको थियो । कार्डका वाहकहरुले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाई यात्रा गरे सरह नै निश्चित अंक प्राप्त गरिने भएकोले हवाई यात्रा गर्न कुमारी बैंकका ग्राहकहरु समेत प्रोत्साहित हुने गरी सझौता भएको बैकका निमित्त तिमल्सिनाले कार्यक्रममा बताउनु भएको थियो ।
एअरलाइन्स र बैंकका साझेदार ग्राहकहरुले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमाल लेबताउनु भएको थियो । हवाई र वित्तीय क्षेत्र बीच यस किसिमको व्यवसायिक सहकार्य नेपालमै पहिलोपटक भएको बैकले दावी गरेको छ ।
त्यसकारण पनि यो सहकार्य दुवै पक्षको लागि नवीन एवं महत्वपूर्ण रहेको छ । यस कार्यक्रमले दुवै पक्षलाई नयाँ उचाई दिनुका साथै नयाँ आयाम थप्ने निश्चित भएको भन्दै सिइओ रिमालले आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend