जन आकाश
काठमाडौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाहरु वीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको “युवा संग – महालक्ष्मी लाईफ“ कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न गरेको छ ।
सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक खडक नारायण उडाउले संचालन गर्नु भएको कार्यक्रममा जागरण अभियानका केन्द्रिय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्व बारेमा प्रकाश पार्नु भएको थियो । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले सहभागि युवाहरुलाई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम पछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि गठन महालक्ष्मी लाइफले जानकारी दिएको छ ।
त्यसै गरी धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि “युवा संग – महालक्ष्मी लाईफ“ बीमा जागरण कार्यक्रम सम्पन्न भएको कम्पनीले बिज्ञप्ति पठाएर जानकारी दिएको हो । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख हर्क बहादुर बोहराले बीमा जागरणको महत्व बारेमा प्रकाश पार्नु भयो । कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिनु भयो । कार्यक्रमको संचालन नायव अधिकृत नरेश बहादुर सिंहले गर्नु भएको थियो ।
महालक्ष्मी लाइफले बनेमा राष्ट्रिय बीमा जागरणको तयारी गरेर देशभरी जागरण ल्याउने घोषणा गरेको थियो सोही अनुरुप कार्यक्रम भएको छ । यो भन्दा अगाडीको समाचारको फलो हामीले गरेका हौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend