logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछापमा काँग्रेसको भद्रगोल


  • जन आकाश
  • आइतबार, असोज १७ २०७८

रामेछाप । रामेछाप काँग्रेसको जिल्ला अधिवेशनको निर्वाचनमा भद्रगोल स्थिति भएको छ । असोज को १६ गते शनिवार जिल्ला निर्वाचन गर्ने सवै प्रक्रिया पुरा गरेको थियो निर्वाचन चलिरहेकै वेला नेपाली काँग्रेस भित्रकै एक समुहले निर्वाचनस्थलमा ढ्ङगा मुढा गरेपछि निर्वाचनमा मतदान गर्न आएका नेता कार्यकर्ताहरु भागभाग भएका थिए ।



उक्त घटनापछि नेपाली काँग्रेसका दुवै पक्षिय नेताहरुको वैठक बसेर १७ गते आइतवार १० वजेवाट मतदान गर्ने सहमति भएको छ । तर अझै कुनै विश्वसनीय वातावरण नबनेको त्यहाका कार्यकताहरुले बताइरहेका छन् ।

रामेछाप जिल्लामा सस्थापन पक्षवाट पुर्ण बहादुर तमाङ (कान्छाराम) पौडेल पक्षधर मानिदै आएका लवश्री न्यौपाने जिल्ला सभापतिको लागि प्रतिस्पर्धा गरिरहेका छन् । लवश्री न्यौपाने उमेरको हिशावले निक्कै पाका हुन् जेष्ठ नागरिक भइसकेका छन् भने पुर्ण बहादुर तमाङ कान्छाराम निर्माण व्यवसायी हुन् । त्यसकारण नेपाली काँग्रेस पार्टीको लागि जो आएपनि नेता होलान् तर रामेछापका जनताको लागि दुवै आशा गरेका व्याक्ति होइनन् । त्यसकारण पनि उनिहरुको राजनीतिक सस्कार यस्तै ढुङगा मुढामा बिश्वास भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend