logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एमाले विधान महाधिवेशनमा पत्रकारलाई प्रवेश अनुमति


  • जन आकाश
  • आइतबार, असोज १७ २०७८

 



काठमाडौं । विधान महाधिवेशनको हलमा आज पत्रकारहरुलाई प्रवेश गर्न दिइने नेकपा एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज ११ बजेदेखि पत्रकारहरुलाई पनि महाधिवेशन हलमा प्रवेश दिइने जानकारी दिएका हुन् ।

 

विधान महाधिवेशन प्रतिनिधिको रुपमा एमाले निकट पत्रकारहरु शुरुदेखि नै सहभागी छन् ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने छन् । यसैगरी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन् ।

असोज १५ गतेदेखि सुरु विधान महाधिवेशन आज सक्ने तयारी छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी भइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend