logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न


  • जन आकाश
  • आइतबार, असोज १७ २०७८

काठमाडौ । सन नेपाल लाइफले विभिन्न ४ छुट्टा छुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ ।



कम्पनीले म्याग्दी, बागलुङ्ग, बुर्तिबाङ्ग र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै महाप्रबन्धक गौतमले कम्पनीको स्थापना कालदेखि नै सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिम र बीमा जागरण सम्बन्धी विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताउनु भएको थियो ।

देशैभर शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको सनलाइफ बीमा कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको पनि प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend