जन आकाश
नेपालमा हरेक बर्ष असोज १५ गते जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । त्यस दिन विभिन्न राजनैतिक पार्टीका नेता लगायत आम विभिन्न क्षेत्रका मानिसहरु जम्मा भएर जेष्ठ नागरिकहरुको वारेमा आ– आफ्नो धारणा राख्ने गरेका छन् ।
अपवाद वाहेक अधिकांशको भाषणमा उनिहरुको मपाईत्व भन्दा अरु केही देखिदैन, किनकी आजको दिनसम्म लाखौलाँख युवाहरु विदेशमा रोजगारीको लागि विदेशीनु परेको अवस्थाले सृर्जना गरेका विभिन्न सामाजिक समस्याहरु ज्यूका त्यू छन् । नेतृत्व बर्गले भाषणमा बोलेका कुरा व्यवहारमा वा यथार्थमा कमै उतारेका छन् ।
रोजगारीका लागि अधिकांश क्षेत्रहरुका युवा छोराछोरीहरु विदेश गएपछि धेरैजसो जेष्ठ नागरिकहरु एक्लो र्पर्दै जान थालेका देखिन्छन् । छोराछोरी आफु विदेश जान कतिपयले त वाहाना वाजी नै गर्ने गर्दछन् । कोही पढ्नको लागि भनेर जान्छन् भने कोही बाध्यताले रोजगारीको लागि विदेश जाने गरेका छन् । त्यसको असर बुढेसकालमा अर्थात जेष्ठ नागरिकहरु बृद्धाबृद्धा नागरिकहरुलाई पर्ने गरेको छ । ति बृद्धाबृद्धाहरुलाई दिनानु दिन समस्या बढ्दै गएको देखिन्छ ।
यस्तो किन हुदैछ ? यो अरु कारण नै होइन । नेपालमा नै भविष्य छ भनेर विश्वसनीय वातावरण बनाउन नसक्नु नै मुख्य कारण हो । यसमा सरकारमा आलोपालो गरी बसेका सबै पार्टीका नेता कार्यकर्ताहरुको भुमिकाले पनि बिशेष काम गरेको छ । आर्दश बाढ्न सक्ने काम दिन नसक्ने, पार्टी चलाउन चन्दा माग्न सक्ने रोजगारी सृर्जना गर्न नसक्ने, उधोग खोल्न पहल नगर्ने चलन कायम नै छ । ति हिजो युवा अवस्थामा रहँदा पनि पार्टीका साहायक वा प्रमुख नेता तिनै थिए । आज जेष्ठ नागरिक बनिसक्दा पनि तिनै राजनीतिक पार्टीका प्रमुख नेता तिनै छन् ।
जेष्ठ नागरिकहरुको समस्याको बिषयमा यो सुविधा त्यो सुविधा भएन भनेर भाषण गरिरहँदा विदेशमा रहेका लाखौ लाँख युवाहरुले नेपालमा जेष्ठ नागरिकहरुको वारेमा परेका समस्या उठाउन राजनीतिक पार्टीहरुको नेताहरुले गरेको भाषण सुनेर हाँस्दै व्याङ्ग्यत्मक कमेन्ट पनि लेखेको देखिन्छ ।
त्यस्तै हसाउँने खालको काम नेपालका जेष्ठ सरकारले गरेको हुनाले नै ति विदेशमा रहेका युवा पीडिहरुको त्यस्तो धारणा आएको होला !
जेष्ठ नागरिकहरुलाई हेला नगरौ पालन पोषण राम्रो गरौ माया गरौ भनेर थुप्रै ठाउहरुमा कार्यक्रम भएका छन् । तर रोजगारीको सुनिश्चिता नभएकै कारण लाखौ युवाहरु विदेश गएको हुनाले नेपालमा जेष्ठ नागरिकहरु एक्लै पर्न गएका हुन् । युवाहरुलाई रोजगारीको वातावरण नबनेको हो ।
आजको दिनसम्म नेपालमा नै लाखौ लाख युवाहरुले रोजगारीको सुनिश्चिता गर्न पहल काँहीवाट भएको देखिएको छैन ।
जेष्ठ नागरिक भइसकेकाहरुले नै देशको मुख्य नेतृत्व गर्दै आएका छन् । चाहे त्यो यो भन्दा अगाडिको सरकार होस् चाहे वर्तमान सरकार किन नहोस्, जेष्ठ नेताहरुले बृद्धाभत्ता थापेर नाती–नातिना खेलाएर घरमै आराम गर्ने समय भएको देखिन्छ ।
तर नेपालमा त्यस्तो काँहा भएको छ र ! सरकारको नेतृत्व सकी नसकी जेष्ठ नागरिकहरुले गरिरहेका छन् । भने यता बाध्यताले एक्लै परेका जेष्ठ नागरिकहरुले एक्लाएक्लै भएर जीवनलाई कष्टमय रुपमा व्यतित गरिरहेका छन् । यस्ता अनेकौ समस्याहरु जेष्ठ नागरिक दिवसको अवसरमा उठ्ने गर्दछ ।
सरकारको जेष्ठ नेतृत्वले आउँदा दिनमा जेष्ठ नागरिकहरु एक्ला एक्लै पर्ने वातावरण नबनोस् र जेष्ठ नागरिकहरुले मनोवैज्ञानिक रुपमा समस्याग्रस्त जीवन विताउन नपरोस् नेपालमा नै रोजगारीको सृर्जना होस् । सवै जिम्मेवार जेष्ठ नागरिक भएर देश चलाइरहेकाहरुले गम्भिर भएर सोचुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend