logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

ग्राहकहरुलाई सिटी सेन्टरको चाडपर्व उपहार


  • जन आकाश
  • मंगलबार, असोज १९ २०७८

 



काठमाडौ । काठमाडौंको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ ।शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो ।

किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यस पालीको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ । असोज १६ गते देखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।

शपिङ्ग मलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने उल्लेख छ ।

लक्की ड्रको कुपन मार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने छ ।
यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस पावन अवसरमा ५० प्रतिशतसम्मको छुट,बाइवान गेट वान फ्रि लगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्नेछन् ।

विश्वभरी फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिएर, सरकारी निर्देशन अनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको हो ।

यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेला समेत सुरु भएको छ ।
असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्म हल पुनः संचालनमा आउन ेसिटी सेन्टरले जनाएको छ ।

चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल संचालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त गरेको उल्लेख छ ।

माथि उल्लेखित योजना २४ कार्तिक २०७८ (छठ पर्व) सम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend