जन आकाश
काठमाडौ । यहि असोज १७ गते जालपा पुस्तकालय बानियाँटारमा इनर ब्हिल क्लव अफ टोखाको आयोजनमा ५ जना जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ ।
क्लवकी अध्यक्ष सर्मिला के.सी. को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता टोखा न. पा. ८ का बडा अध्यक्ष केशव ब. खत्री र विशिष्ट अतिथि साहित्यकार नरबहादुर बि.सी. रहनुभएको थियो ।
उक्त कार्यक्रममा खन्तरी रोक्का, ठुलोकान्छा खत्री, चन्द्रकला आचार्य , जानकीप्रसाद पाठक र नरबहादुर थापालाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव उर्मिला त्रिपाठीले गर्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend