logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मासु मात्र होइन दशैमा स्वास्थ्य मैत्री माछा पनि खाने बानी बसालौ–आर.बि.बुढाथोकी (सेफ )


  • जन आकाश
  • बिहिबार, असोज २१ २०७८

–आर.बि.बुढाथोकी (सेफ )
दशैमा सबैका घरमा मासु पाक्छ । त्यो पनि एक दुई किलो होइन बिस बाइस किलो । बडा दशैमा सिङगो खसी काट्ने र सम्पूर्ण मासु आफु र आफ्ना आफन्तलाई खुवाउने हाम्रो परम्परा र संस्कार छ । सकोस या नसकोस ऋृण गरेर भने नि सिङगो खसी काट्नै पर्ने ।



पुरै खसी काटेर मासु भन्दारण गर्न नजान्दा र बिजुली बत्ती नहुने ठाउमा त बिग्रने डर पनि त्यती कै हुन्छ । दशैमा माछा खाउ न त भन्ने सोच प्राय कमै मा आउछ । नेपालमा माछालाई बुझ्न नसक्दा धेरै कम खपद हुन्छ र त्यो पनि खोलाको मात्र खोजी खोजी हिंडेका हुन्छन । बिज्ञहरुका अनुसार मुटु रोगिका लागि खसीको मासु बिष समान मानिन्छ त्यस्तै डाइबिटिज हुनेका लागि पनि मासु राम्रो होइन ।

यस्ता बिरामीलाई धेरै चिल्लो चाप्लो र मसलादार मासु या अन्य परीकार खानु राम्रो मानिन्न। माछाको चिल्लो र खसी बोकाको चिल्लोमा धेरै अन्तर छ  खसीको चिल्लोले हानी पुर्याउछ भने उता माछाको चिल्लोले धेरै फाईदा पुर्याएको हुन्छ ।

 


माछामा ओमेगा–३ फ्याटी एसिड पाइने र यसले शरीरको रगत पातलो बनाउने मात्र होइन तेज दिमागका लागि पनि उत्तम मानिन्छ ।
कोरना महामारीका कारण सिथिल बनेको अवस्थामा पचाउन धेरै समय लाग्ने रातो मासु धेरै खानु हानिकारक पनि हुन सक्छ तसर्थ माछाको परीकार समाबेश गराउदा धेरै राम्रो र फाईदा जनक हुन्छ ।

तर धेरैलाई माछाको परिकारमा कम ज्ञान भएका कारण माछा फ्राइ र करी मात्र बनाएको र खाने गरिएक देखिन्छ तर त्यसो होइन अन्य मासुको भन्दा धेरै परिकार माछाबाट बनाउन सकिन्छ र स्वास्थ्यका लागि पनि राम्रो मानिएको छ । बच्चादेखि बुढा सम्मका लागि माछा स्वास्थ्य मैत्री र राम्रो मानिन्छ। माछामा काडा हुने हुँदा खान डराउने बर्ग पनि धेरै देखिन्छ तर त्यसो होइन माछाको काडा सहज रुपमा छुट्याउन सकिन्छ र अहिले त बोनलेस गरेको माछा पनि जहाँ तही पाईन्छ ।

त्यसकारण हामीले यहाँ यस अंकमा माछाका केही परिकार पस्केका छौ जुन तपाईंहरुकाला दशैमा निकै उपयोगी साबित हुन सक्छ ।

माछाबाट दशैमा के के परिकार बनाउन सकिन्छ त ?

फिस बिर्यानी
सामाग्रीःबोन लेस फिस डाइस काटेको–आधा केजी,मिक्स होल गरम मसला–१२ ग्राम,तेल–२ चम्चा,प्याज २ पिस,जिरा धनीया पाउडर–१ चम्चा,खुर्सानी धुलो–आधा चम्चा,घ्यु २ चम्चा,धनिया हरियो आधा मुठा,पुदिना–आधा मुठा,काजु–१५ ग्राम,ब्राउन ओनिएन–३ चम्चा,नुन स्वाद अनुसार,बासमती चामल आधा केजी,पानी आबश्यता अनुसार,रइता एक बाउल,अदुवा लसुन पेस्ट–१ चम्चा,केसर–पिन्न्च,केर्वा वाटर या रोज वाटर एक चम्चा,दही आधा कप,गरम मसला धुलो– आधा चम्चा बिधीःमाछालाई डाइस काटेर एक साइड लगाउनुस र तेल तताएर माथि दिएको मध्य ७ ग्राम गरम मसला फुराउनुस ।

अदुवा,लसुन,प्याज हालेर ब्राउन बनाउनुस र काटेको माछा हालिदिनुस । केही बेर पकाइ सकेपछी सम्पूर्ण मसला हालेर एक छिन पकाउनुस र धनीया हालेर एक साइडमा राख्नुस ।

अर्को भाडोमा २ लिटर जती पानी तताएर गरम मसला र नुन हालेर उमाल्नुस । भिजाएको चामल खनाएर ७५% पकाउनुस र छान्नुस । उता पकाएर राखेको पिस करी र चामललाई लियर लियर गरेर तीन तहमा राख्नुस र बिच बिचमा केही घ्यु,पुदिना,ब्राउन अनियन,केसर,रोज वाटर या केर्वा वाटर हालेर अन्तमा घ्युमा भुटेको काजु हालेर सिल गर्नुस र स्लो हिटमा १५ मिनट पकाउनुस ।

अन्तमा काँक्रो,दही,चाट मसला,हरियो खुर्सानी,क्रास रोस्ट जिरा,कालो नुन,कागती हालेर बनाएको रइता सलादका साथमा तातो तातो सर्भ
गर्नुस ।

फिस चिल्ली
सामाग्रीःमाछा डाइस कट–आधा केजी,तेल २ चम्चा,अदुवा लसुन –१ एक चम्चा,कर्न फ्लोर–२ चम्चा,सोय सस–आधा चम्चा,नुन स्वाद अनुसार,सेतो मरिच धुलो पिन्च,सेलरी चप–आधा चम्चा,फ्राइङग ओएल–आबश्यता अनुसार,डाइस भेज(भेडे खुर्सानी,प्याज,टोमाटो,हरियो खुर्सानी)–६० ग्राम,धनिया–आधा मुठा,हरियो प्याज–२ पिस,तिलको तेल – ड्रप,मैदा–आधा चम्चा,अन्डा फिटेको–२ चम्चा,चप गरेको अदुवा,लसुन,सेलरी–आधा चम्चा,टिमुरको तेल–ड्रप,चिल्ली पेस्ट– आधा चम्चा बिधीःकटपिस,अदुवालसुन,सोयसस,नुन,मरिच,अन्डा,चिल्ली पेस्ट,कर्न फ्लोर,मैदा हालेर मजाले मोल्नुस र झुरुम झुरुम हुने गरी तातेको तेलमा फ्राइ गरी निकाल्नुस ।

अर्को चाइनिज वकमा तेल तताएर चप गरेको अदुवा,लसुन,सेलरी,हालेर ब्राउन गर्नुस । सोय सस र केचप हालेर केही पानी हाल्नुस र सिजिनिङ गरेर थिकनेस बनाउनुस । फ्राइ गरेको माछा र डाइस कट काटेको मिक्स भेज हालेर हाइ हिटमा टस गर्नुस ।

अन्तमा तिलको तेल,सेचवान ओएल,चप हरियो प्याज,धनिया हालेर सर्भ गर्नुस । फिस चिल्ली जस्तै प्राउन चिल्ली पनि बनाउन सकिन्छ ।

तावा फिस
सामाग्रीः स्लाइस बोनलेस फिस–आधा केजी,बेसन–२ चम्चा,अदुवा लसुन पेस्ट–१ चम्चा,बेसार–पिन्च,जिरा धनीया पाउडर–आधा चम्चा,गरम मसला पाउडर–पिन्च,तोरी या सर्सेउको पाउडर–पिन्च,लेमोन जुस–आधा चम्चा,तेल दुई चम्चा बिधीःसम्पूर्ण सामाग्री हालेर माछालाई राम्ररी मोल्ने र एक घण्टा छोपेर राख्ने ।

तावा या नन स्टिक प्यनमा डामेर पुदिना चटनी सँग खान सकिन्छ जुन निकै स्वादिलो र स्वास्थ्य बर्दक हुन्छ ।

फिस अमृतसरी
सामाग्रीःस्लाइस बोनलेस फिस–आधा केजी,बेसन–२ चम्चा,इन्डियन मसला–आधा चम्चा,अदुवा लसुन–आधा चम्चा,रोगन मिर्च पिन्च,तेल–आबश्यता अनुसार,कागती रस–आधा चम्चा,सर्सेउक धुलो–आधा चम्चा बिधीःसम्पूर्ण मसला हालेर माछालाई मोलेर एक घण्टा छोपेर राख्नुस अनी तातेको तेलमा क्रिप्सी हुने गरी फ्राइ गरी
पुदिनाको अचार या धनीयाको अचार सँग खान सकिन्छ । अमृतसरी फिस फ्राइ जस्तै झिङगे माछा(प्राउन फ्राइ) पनि बनाएर खान सकिन्छ ।

फिस बल÷फिस फिङगर
सामाग्रीःफिस किमा–आधा केजी,लसुन पेस्ट–आधा चम्चा,मस्टर्ड पेस्ट–पिन्च,लेमन जुस–ड्रप,कर्न फ्लोर–एक च्म्चा,मैदा–एक चम्चा,फिटेको अन्डा–दुइ चम्चा,नुन मरिच स्वाद अनुसार,फ्राइङ तेलःआबश्यता अनुसार बिधीःसम्पूर्ण सामाग्री फिस किमामा हालेर मोल्नुस र गुच्चा भन्दा अली ठुलो साइजमा बल बनाउनुस र ब्राउन हुने गरी तातेको तेलमा स्लो हिटमा तार्नुस । राम्ररी पाक्नसाथ ककटेल सस या टार्टर ससमा सर्भ गर्न सकिन्छ ।
फिस फिङगरका
लागि सोह मिक्चरलाई औंला साइज दिएर अन्डा पिठोको सहायताले ब्रेडक्रमा कोट गरेर फ्राइ गर्न सकिन्छ । फिस करी
सामाग्रीःमाछा बोनलेस या विथ बोन–आधा केजी,अदुवा लसुन पेस्ट–१ चम्चा,मस्टर पाउडर–आधा चम्चा,जिरा धनीया– एक चम्चा,खुर्सानी धुलो–पिन्च,नुन स्वाद अनुसार,काटेको प्याज–एक पिस,काटेको टमाटर–एक पिस,धनिया–आधा मुठा ।

बिधीःमाथि उल्लेखित सम्पूर्ण सामाग्री मध्ये अधुवा लसुन,नुन मसला आधा हालेर राम्ररी मोल्ने र कम्तिमा एक घण्टा छोपेर राख्ने । तातेको तेलमा माछा फ्राइ गरेर एक साइड लगाउने ।

अर्को करैमा तेल तताएर बाकि अदुवा लसुन,प्याज,हालेर राम्रारी भुट्ने र ब्राउन हुनासाथ,मिसेको तोरी,गोल्भेडा,नुन मसला हालेर मज्जाले पकाउने र पानी हाली उमाल्ने । फ्राइ गरेको माछा हालेको एक छिन उमाल्नसाथ धनीया हालेर नुन चाखेर निकाल्नुस र रोटी या साधा भुजासँग खान सक्नु हुन्छ । फिस करी जस्तै प्राउन करी या अन्य सि फुडको करी बनाएर खान सकिन्छ ।

चिल्लो कम
खानेले मोलेको माछालाई फ्राइ नगरि ग्रिल गरेर पनि ग्रेभिमा मिसाउन सकिन्छ या त्यतिकै पनि उम्लेको ग्रेभिमा हालेर पकाउदा अझ स्वास्थ्य बर्दक हुन्छ ।

माथि उल्लेखित बाहेक फिस पकोडा,फिस गोल्डन फ्राइ,फिस सिच्वान स्टायल,फिस हुनान,फिस ड्रागन,फिस कोरियन,फिस फिङगर,फिस नुगेट,फिस क्रुकेट,फिस डम्प्लिङ,फिस मःम,फिस तेरियाकी,फिस तेपानाकी,फिस सलाद,फिस सुप,फिस राइस(पाइला),फिस ग्रिल, फिस तन्दुरी,फिस टिक्का,फिस टिक्की,फिस कबाब फिस स्यान्डुज,फिस बर्गर,फिस पिज्जा,फिस कुइनेल जस्ता सयौ भेराइटी बनाएर खान सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend