logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

जे.ए. ग्रुपद्वारा ट्राफिकलाई २ सय थान ज्याकेट, स्वास्थ्य सामग्री हस्तान्तरण


  • जन आकाश
  • सोमबार, असोज २५ २०७८

 



काठमाडौं । जे.ए. ग्रुपका संस्थापकहरुले बडा दशैं, दिपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्रफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छ । संस्थापकहरु अनारदेवी श्रेष्ठ, जीज्ञासा अर्याल र श्रेसा शाक्यले संयुक्त रुपमा बरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलार्ई आइतबार उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

उनीहरुले नेपालीहरुको महान चाडको अबसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदानप्रदानसमेत गरेका थिए । ट्राफिक प्रहरीको सुरक्षाको निम्ती अन्य ट्राफिक कार्यालयहरुलाई समेत सुरक्षा ज्याकेट उपलब्ध गराउने जानकारी दिएका थिए ।

समाजसेवी अनारदेवी श्रेष्ठलगायतले दश वर्षदेखि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा विपन्नहरुलाई सहयोग गर्दै आईरहेका छन् । जे.ए.ग्रुपका संस्थापक अनारदेवी श्रेष्ठले सिन्धुपाल्चोकस्थित शारदा माध्यामिक विद्यालयाका जेहेन्दार तथा गरिब विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएकी छन् ।

जे.ए.ग्रुपले डाक्टर सन्चो क्लिनिकमार्फत ललितपुरको हात्तिवन तथा हरिसिद्ध क्षेत्रमा समय समयमा निशुल्क स्वास्थ शिविर सञ्चालन गरी निशुल्क औषधी समेत वितरण गर्दै आईरहेको छ ।

संस्थाले केही दिनअघि ४० जना बृद्धबृद्धा र ९० जना बालबालिकाको निशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । युवा उध्यमी जिज्ञासा अर्यालले सेवाअनलाईन समेत संचालन गरिहेकी छन् ।

विदेशमा छोराछोरी भएका र स्वदेशमा भएका बुढाबुढी वाआमालाई बिरामी हुँदा न्यूनतम शुल्कमा अस्पताल ल्याउनेलैजाने सेवादिँदै आएको डा. सन्चो क्लिनिकका निर्देशक जेन श्रेष्ठले जानकारी दिए ।

जे.ए. ग्रुपले भविष्यमा भौतिक पूर्वाधारहरुमा समेत लगानी गर्ने जनाएको छ । यसले विभिन्न क्षेत्रमा सेवा पुर्याउने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend