logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सिटी एक्सप्रेसद्वारा पाँचजना लखपति बिजेताहरुको नाम घोषणा


  • जन आकाश
  • मंगलबार, कार्तिक २ २०७८

 



 

काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ ।

कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा जापानबाट रेमिटान्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल , कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाइँ साथै अन्तिममा दुबईबाट रेमिटान्स पठाउने उमेश यादव गरी ५ जना लखपति बन्न सफल भएको घोषणा गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७८ सालको दशैँ, तिहार र छठलाई लक्षितगर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशीसाट्न लगातार ६१ दिन सम्मचल्ने “सिटी आयो लखपति बनायो ”उपहार योजनागत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटीएक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत ६१ दिनलगातार हरेक दिन १ जनाविजेतालाई रु १०,००० उपहार प्रदान गरिने साथैहरेक महिना ५ जनालाई रु १ – १ लाख गरी २ महिना सम्म १० जना लखपति बन्ने योजनामा रहेको छ ।

कम्पनीका अनुसार “सिटी आयो लखपति बनायो”अफर असोज १ गते देखि कार्तिक ३० गते सम्मलागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्नेछन् । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुनेछैन भनि उल्लेख गरेको छ ।

सिटी एक्सप्रेस मनिटान्सफर बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको कम्पनीले जनाउदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend