logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फोनपे झट्ट ट्रान्स्फर, चट्ट कार भनेको के हो ? हेर्नुुस्


  • जन आकाश
  • बुधबार, कार्तिक ३ २०७८

 



 

 

काठमाडौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबार देखि ८० दिनसम्म सञ्चालन हुने योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तर बैंक रकम ट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सकिने छ । यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् ।

फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले गतवर्ष पनि यो योजना सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर रु १० मै सहज रुपमा रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिने व्यवस्था रहेको उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend