logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आइएमई जनरल इन्स्योरेन्स ASIA’S BEST EMPLOYER BRAND AWARDS 2021 बाट सम्मानित


  • जन आकाश
  • बुधबार, कार्तिक ३ २०७८

 



काठमाडौ । मिति ७ अक्टोबर २०२१ मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई World HRD Congress, n] Asia’s Best Employer Brand Awards 2021 बाट सम्मानित भएको आइएमई इन्सुरेन्सले जारी गरेर पठाएको नोटमा उल्लेख छ ।

उक्त कार्यक्रममा जुम तन्त्रको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गर्नुभएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले Employee Branding Institute, World HRD Congress and other Strategic Partners हरुलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउनु हुने सम्पूर्ण ग्राहकबर्गहरु, शेयरधनीमहानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उक्त समाहरोहमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्दै सबै क्षेत्रबाट सदा झैँ सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएका थियो ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend