logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ईङवा हाइड्रोपावर आइपिओको लागि नेपाल एसबिआई मर्चेण्ट नियुक्त


  • जन आकाश
  • बिहिबार, कार्तिक ४ २०७८

काठमाडौ । ईङवा हाइड्रोपावर लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००÷– (एक सय रुपैया मात्र) दरको १९,६०,००० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।



ईङवा हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौं वडा नं. ११, थापाथलीमा सम्बन्धित व्याक्तिहरु बसेर उक्त निर्णय गरेका हुन् ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

ईङवा हाइड्रोपावर लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend